• मोरङ । एसइई परीक्षामा जीपीए—४ ल्याउने दुई लगायत उत्कृष्ट नजिता ल्याउने मोरङको पथरीशनिश्चरे—२ स्थित रेडस्टार बोर्डिङ स्कुलले आज (सुक्रबार) कार्यक्रम राखेर बधाई शुभकामना दिएको छ ।
    २०८० को एसइई परीक्षामा मोरङ पथरीशनिश्चरे २ मा स्थापित रेडस्टार बोर्डिङ स्कुलका छात्र अजय लिम्बू र सतिस अचार्यले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् । 
    देश अनि प्रदेशमै उत्कृष्ट जीपीए ल्याएर दुई छात्र एसइई उतिर्ण भएकोमा सुक्रबार बधाई शुभकामना कार्यक्रम राखेर स्कुलले विद्यार्थी र अभिभावीच खुसियाली बाँडेको हो । प्रिन्सिपल टीएन तिम्सिनाले विद्यालय र शिक्षकहरुको लामो मेहनतले जीपीए—४ ल्याउन सफल भएको बताए । यद्यपि जीपीए—४ ल्याउने पुर्व अनुमानित नजिता भएका सञ्चालकहरुको भनाइ थियो । 
    रेडस्टारमा अध्ययनरत छात्र, छात्रालाई देशमै उत्कृष्ट अंक ल्याउने, व्यावहारिक र सामाजिक बनाउने लक्ष्य अनुसार सफलता प्राप्तहुँदै गएको प्रिन्सिपन तिम्सिनाले बताए । 
    कार्यक्रममा जीपीए—४ ल्याउने छात्र अजय लिम्बूकी आमा गंगा लिम्बू र सतिस अचार्यको बाबा तिर्थ आचार्यले देशमै उत्कृष्ट जीपीए ल्याउन मेहनत गर्ने रेडस्टार स्कुल व्यवस्थापकहरु र शिक्षकहरुलाई धन्यवाद दिए । अभिभावक तिर्थ आचार्यले छोराछोरीलाई गलत संगत, सामाजिक सञ्जाल तथा घर परिवार र समाजिक समस्याबाट टाढा राख्न सक्नुपर्ने सुझाव पेस गरेका थिए । 
    जीपीए—४ ल्याउने लिम्बू र आचार्यले घरमा असल सस्कार, शैक्षिक वातावरण तथा विद्यालयमा शिक्षकहरुको मेहनतको कारण आफूहरु उच्च जीपीए ल्याउन सफल भएको बताएका छन् । दुवै जनाले कक्षा—११ रेडस्टारमै पढ्ने बताएका छन् । 
    बधाई शुभकामना कार्यक्रममा जीपीए—४ ल्याउने लिम्बू र आचार्यलाई विद्यालयको तर्फबाट प्रिन्सिपल टीएन तिम्सिनाले जनही ५० हजार नगद पुरस्कार प्रदान गरे । उत्कृष्ट दुवैजनालाई शिक्षिका सरिता भट्टराईको तर्फबाट २÷२ हजार नगद प्रदान गरेका छन् । 
    कार्यक्रममा रेडस्टार बोर्डिङ स्कुल सञ्चालक÷निर्देशक राजु तिम्सिना, सदस्य विजय डाँगी, सुजन बास्तोला सहायक प्रिन्सिपल बसन्त मादेन, शिक्षकहरु सनम गजमेर, छविराज ढकाल, ईश्वर राजवंशी, दिपेश पाण्डे, विवेक दहाल, सुरज आचार्य, सोना लावती, सरिता भट्टराई लगायत शिक्षक, अभिभावक तथा विद्यार्र्थीहरु सहभागी रहेका थिए । एसइई उतिर्ण सम्पूर्ण विदार्थीहरुलाई टीका तथा माला लगाएर बधाई शुभकामना दिएका थिए । 
    जीपीए—४ देशभर १८६, मोरङ जिल्लामा ८ जनाले ल्याएकोमा रेडस्टार बोर्डिङमा २ जनाले ल्याएको हो । रेडस्टारबाट ७५ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए । रेडस्टारको छात्र विपिन पोखरेलले कक्षा १२ मा ३.८१ जीपीए ल्याएर प्रदेशकै उत्कृष्ट भएका थिए । रेडस्टार स्कुल आईएसए अवार्डेड विद्यालय हो ।  

     


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…