• तेह्रथुम । मुख्यमन्त्री हिक्मत कार्कीलाई आज (बुधबार) तेह्रथुम सदरमुकाम म्याङलुङको जिरिखिम्ति बजारमा कालो झण्डा देखाएका छन् । 
    कोशी नामले आम प्रदेशबासीको साझा भावनाको प्रतिनिधित्व गर्न नसक्ने भन्दै प्रदेश नं. १ पुनः नामङ्कन संयुक्त संघर्ष समितिले पुन नामाङ्कनको माग राख्दै आन्दोलन गर्दै आएको छ । 
    आन्दोलनकै क्रममा आज तेह्रथुम पुगेका मुख्यमन्त्री हिक्मत कार्की विरुद्ध कालो झण्डा प्रदर्शन गर्नुको साथै ‘हिक्मत कार्की मुर्दावाद’, ‘पहिचान विरोधी होसियार’, ‘कोशी नाम खारेज गर’ लगायतका नाराजुलुस गर्दै विरोध प्रदर्शन गरेका थिए । कालो झण्डा प्रदर्शनको क्रममा केहीबेर आन्दोलनकारी र प्रहरीवीच धकेलाधकेलसमेत भएको थियो । 
    विरोध प्र्रदर्शनपछि आयोजित कोणसभामा लाजेहाङ फोर्सको कमाण्डर धनेन्द्र सुब्बाले लगायते सम्बोधन गरेका थिए । वक्ताहरुले कोशी नाम खारेजी नभएसम्म आन्दोलन बढ्दै जाने बताए । कोशी नाम राख्न हस्ताक्षर गर्ने ८२ प्रदेश सांसद र प्रदेशमा साम्प्रदायिक अभिव्यक्ति दिने केपी ओली, योगेश भट्टराई र महेश बस्नेत विरुद्ध प्रदर्शन जारी रहेको बताएका छन् । 
    कोशी नाम खारेजी गरेर पुन नामाङ्कन नभए आगामी मंसिरमा विराटनगरमा वृहत प्रदर्शनपछि नयाँ चरणको आन्दोलन थाल्ने सयुक्त संघर्ष समितिको ताप्लेजुङ बैठकले निर्णय गरेर तयारी थालेको छ । 
    आन्दोलनमा राई, लिम्बू, शेर्पा लगायतका सामुदायिक साझा संस्थाहरु, नेपाल आदिबासी जनजाति महासंघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नाउपा, दुबै सजपा, पहिचानवादी मोर्चा, माओवादी केन्द्र सम्बद्ध जातीय मोर्चाहरु सहित ४१ वटा संगठनहरु सहभागी रहेका छन् । 
    पहिलो पटक मुख्यमन्त्री बनेको बेला हिक्मत कार्कीकै नेतृत्व सरकारको पहलमा कोशी नाम राखेका थिए । 
    कार्कीलाई पहिलो पटक ओखलढुङ्गामा यसैगरी विरोध प्रदर्शनसहित आन्दालनकारीले आक्रमण गरेका थिए । ओखलढुङ्गामै मुख्यमन्त्री उद्धप थापा र झापाको दमकमा मुख्यमन्त्री केदार कार्की सवार गाडीको शिशा क्षतिहुने गरी आक्रमण भएको थियो । पुन नामकरणको माग गर्दै मुख्यमन्त्रीलाई विरोध प्रदर्शन र आक्रमण भएको चौथो पटक हो । 
    कोशी नाम खारेजीको आन्दोलनमा ४२ बर्षिय युवा पदम लिम्बू (लाजेहाङं)को मृत्यु भइसकेको छ भने गजेन्द्र फागोको घुँडामा प्रहरीले चलाएको गोली लागि हालसम्म उपचारत रहेका छन् । 
    आशिस लिम्बू एक कर्षदेखि इलामको जेलमा रहेका छन भने १५० बढी घाइते, २५० बढीलाई झुटा मुद्धा लगाइएको संयुक्त संघर्ष समितिको घटक संस्था किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले बताए । 
    तेस्रो पटक मुख्यमन्त्री बनेका हिक्मत कार्कीले राम राना मगरलाई वार्ता समितिको संयोजक बनाएपछि कोशी नामको प्रस्तावक रानासँग नभएर मुख्यमन्त्रीसँग मात्र वार्ता हुनसक्ने संयुक्त संघर्ष समितिले जनाइ सकेको छ । 


     

     

सम्वन्धित समाचार

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…

मोरङ । मोरङको पथरीशनिश्चरे—२, स्थित हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारण सभा बुधबार समाप…