मोरङ । जीवन विज्ञान संस्था पथरीशनिश्चरे नगर समिती मोरङमा सदस्य र सल्लाहकार मनोनित गरिएको छ ।
जीवन बिज्ञान मानिसलाई सुख, शान्ति, समृद्ध गराउन योग, प्राणायम र ध्यान गराउदै आएको सस्था हो ।
पथरीको नर्वदेस्वर मन्दिरमा हरेको बिहान नियमित रुपमा निशुल्क अभ्यास गराउदै आएको छ । जीवन बिज्ञानको प्रयोग शालालाई व्यस्थित गर्न उद्योण वाणिज्य संघको पूर्ब अध्यक्ष धनकुमार तामाङको संयोजकत्वमा १३ र वर्तमान अध्यक्ष दीपक बस्नेतको संयोजकत्वमा ६ सद्स्यीय समिति गठन भएको थियो ।
समितिको शुक्रबार बसेको बैठकले बन्दना कटेल, रत्नकुमारी निरौलालाई सदस्य र सल्लाहकारमा १ नं. वडा अध्यक्ष भीमकुमार राई, भबिन्द्र बिष्ट र रुपनारायण भट्टराईलाई सल्लाहकार सदस्यमा थप गरिएको सचिब जानुका दाहाले बताए । वडा अध्यक्ष बाहेक मनोनित सदस्य र सल्लाहकार नर्बदेस्वर मन्दिर संचालक समितिको पदाधिरी, सदस्य हुन । योग प्रयोग शालालाई अझ व्यवस्थित र सहज बनाउन समिति र सल्लाहकार थप गरिएको समितिका अध्यक्ष धनकुमार तामाङले बताए ।