• मोरङ । विभिन्न धार्मिक, राजनीतिक तथा सामाजिक संगठनका नेताहरुले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्नुपर्ने बताएका छन् । 
    आज (सुनसरी)को इटहरी स्थित होटल उत्सवमा भएको धार्मिक सवालमा विश्वब्यापी आवधिक समीक्षा तथा अन्तर धार्मिक शान्ति अभियान कार्यक्रममा सो कुरा बताएका हुन् । 
    अन्तर धार्मिक शान्ति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा किरात धर्मको तर्फबाट रामभक्त कुरुम्बाङ, हिन्दु धर्मका राजेन्द्रप्रसाद ढकाल, इसाईबाट मेहेरमान गिरी, बौद्ध धर्मगुरु चन्द्रकुमार घिसिङ, इस्लामबाट मौलाना अजिम, बहाई धर्मगुरु धरणीकुमार विस्वासले प्रवचन दिएका थिए । 
    धार्मिक नेताहरुले धर्म भनेकै मानव सेवा, प्रेम, शान्ति भएकोले एकले अर्का विरुद्ध लाग्न नहुने र सद्भाव कायम रहनुपर्ने बताए । 
    कार्यक्रमको प्रमुख अतिथि मोरङ लेटाङ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावती, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय प्रमुख पवन भट्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, नागरिक उन्मुक्ति पार्टीको उपमहासचिव पदम अधिकारी, जसपाका राजनीतिक समिति सदस्य भीम राई, किरात राई यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राई लगायतले सुझाव राखेका थिए । 

    इन्सेक प्रदेशका सोमराज थापा, पत्रकारसमेत रहेका फरेनका प्रतिनिधि यज्ञ शर्मा, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ प्रदेश अध्यक्ष सन्तवीर लामा लगायतको उपस्थितिरहेको कार्यक्रममा कार्यक्रमको प्रमुख सहजकर्ता इन्सेक नेपालकी सम्झा श्रेष्ठले मानवअधिकार उलंघनको बिषय संयुक्त राष्ट्र संघमा पु¥याउने तरिकाहरु बारे बताएका थिए । 
    संयुक्त राष्ट्र संघमा अवद्ध राष्ट्रहरुसँग राष्ट्र र मानवअधिकार आयोगबाट प्रतिवेदन माग गर्ने तथा छट्टै हिसावले पनि पठाउन सकिने बताए । त्यहाँ पुगेको प्रतिवेदनमा छलफलहुने र विभिन्न देशहरुले दिने सुझावसहित सम्बन्धित देशलाई पठाउने प्रकृयाबारे बताएका थिए । 
    मानवअधिकारसँग सम्बन्धित प्रतिवेदनहरु मध्ये जातीय छुवाछुतको प्रत्येक २ बर्षमा पठाउनु पर्ने भएपनि नेपालले यो बिषयमा ध्यान दिएन नपठाउने गरेको श्रेष्ठले तथ्य बताएका थिए । छुवाछुतसँगै टर्चर सम्बन्धी पनि प्रतिवेदन नियमित रुपमा नगएको बताए । 
    धार्मिक रुपमा मानवअधिकार उलंघन भएको भए मानवअधिकार आयोग र छुट्टै हिसावले पनि संयुक्त राष्ट्र संघमा पठाउन सकिने सहजकर्ता सम्झा श्रेष्ठले सूचित गरेका थिए । 
    कार्यक्रममा थारु, राई, लिम्बू, विभिन्न धर्म संस्कृति मान्ने सामाजिक संगठनका नेताहरुले राज्य र बिभिन्न धर्मको थिचोमिचो गरेर मानवअधिकार उलंघन हुनेगरेको बताएका थिए । धार्मिक साम्प्रदायिक समस्याहरु अन्तर धार्मिक शान्ति महासंघ नेपालले नेपाल सरकारको विभिन्न निकायको साथै यहाँ सुनुवाइ नभए संयुक्त राष्ट्र संघमा पु¥याउन पहल गर्ने महासंघका अध्यक्ष रामभक्त कुरुम्बाङले बताए ।

    माओवादी केन्द्रका शिव डाँगी, कांग्रेसका मित्रसेन योञ्जन, एमालेका राजकुमार गिरी, जसपा नेपालका दीपक मेन्याङ्बो, जनमुक्ति पार्टीका एलबी पालुङ्वा लगायतको उपस्थिति रहेको कार्यक्रम बिमला श्रेष्ठले सञ्चालन गरेका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइरहदा संविधानले चिने नचिनेको भन्दै बैधा…

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…