गायन प्रतियोगिता ‘द भ्वाइस अफ किड्स’को प्रतिस्पर्धामा रहेकी मोरङ पथरीशनिश्चरेको तुलशा थापाको कोच प्र्रमोद खरेले प्रशंसा गर्दै स्टिल मार्फत आफ्नो टिममा लिएका छन् ।
मोरङ पथरीशनिश्चरे—१ मा स्थापित एभरेष्ट बोर्डिङ स्कुलको कक्षा—७ मा अध्ययन गर्दै आएकी छन् । थापाले ‘सिरिसिरि हावा चल्यो...., बोलको गीत प्रस्तुत गरेर ब्लाइण्ड राउण्डमा चारैजना कोचको कुर्सी घुमाएको अर्थात सबै कोचको मन जितेकी थिइन् ।
ब्लाइण्ड राउण्डमा तुलशाले कोच मिलन नेवारको टिम रोजेकी थिइन । ब्याटल राउउण्डमा मिलन नेवारले नुनिनलाई लिएपछि तुलशा थापालाई कोच प्रमोद खरेलले स्टिल गर्दै लाइभ राउण्डमा तानेको हो । ब्यटलमा ‘आहै मिठो तिम्रो मुस्कानैमा..., बोलको गीत दिइएको थियो । स्टिल गर्दै कोच प्रमोद खरेलले मिठो फिनिसिङ र लो नोट मिठो लागेको भन्दै तुलला थापाको गायकीको चर्चा गरेका थिए । ब्लाइण्ड राउण्डमा पनि मन परेको भन्दै खरेलले छात्रा थापालाई स्टिल गर्दै भने ‘‘यस्तो राम्रो गाउनेलाई छाड्ने छुइन ।’ ‘बाहिर जान कहाँ दिन्छु र ।’’ स्टिल गरेर तुलशा थापालाई लिएको बाँकी दर्शकको जिम्मा भन्दै दर्शक÷श्रोतालाई सहयोग गर्न खरेलले आव्हान समेत गरेका छन् ।
पथरीशनिश्चरेको एभरेष्ट बोर्डिङ स्कुल अध्यापनको साथै खेलकुद, गायन, नृत्य लगायत अतिरिक्त क्रियाकलापमा समेत प्रभाव जमाउदै आएको छ । खेलकुदमा भलिबल, फुटबल, बुद्धिचाल (.चेस)ं करातेको साथै गायन, नृत्य लगायतको प्रतियोगितामा नगर, जिल्ला, प्रदेश स्तरसम्म बिभिन्न उपाधि जित्दै आएको छ ।