मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले एइईमा उच्च जीपीए ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कार प्रदान गर्दै सम्पूर्ण विद्यार्थीलाई बदाई र विधाई गरेको छ ।
सोमबार शिन भिलेज पार्टी प्यालेसमा एसइई उतिर्ण विद्यार्थीहरुलाई बधाई, बिदाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी पुरस्कारसमेत प्रदान गरेको हो ।
वाल्मीकि स्कुलबाट गत शैक्षिक सत्रमा परीक्षा दिने दिवस बस्नेत, शुभङ्गत घिमिरेले समान ३.९५ र आमोस नेपालले ३.९१ जीपीए ल्याएका थिए ।
बराबर ल्याउने दुई जनालाई जानालाई नगद १० र ३.९१ जीपीए ल्याउने विद्यार्थीलाई ५ हजार नगद पुरस्कार प्रदान गर्दै एसइई उतिर्ण ७४ जनालाई मायाको चिनोसहित उज्जवल भविष्यको शुभकामना दिए ।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका पथरीशनिश्चरे शिक्षा विभाग प्रमुख नवीन खुलाल, वडा नं. २ का अध्यक्ष नैन राई, नेत्र पोख्रेल, विद्यालयका निर्देशक नोबलकिशोर खनाल, प्रिन्सिपल चन्द्रप्रसाद दुलाल, अथितिहरु र सञ्चारकर्मीको हातबाट विद्यार्थीहरुलाई पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।
प्रमुख अतिथि नवीन खुलालले शुभकामना दिने क्रममा वान्मीकिले यो पटक पथरीशनिश्चरे नगरमै सबैभन्दा बढी बिद्यार्थी उतिर्ण गराएको बताए ।
वडा अध्यक्ष नैन राई, अभिभावको तर्फबाट ऋषिराम धिमाल, लगायतबाट शुभकामना दिइएको कार्यक्रममा शिक्षक टंक भट्टराईले एसइई पास गर्ने बिद्यार्थीहरुको नाम समेटिएको कविता वाचन गरेका थिए ।
कार्यक्रममा विद्यालयको कक्षा ६ मा अध्ययनरत बिद्यार्थी भ्वाइस अफ किड्सको ब्याटल राउण्डसम्म पुगेका निकोलस बिक, रोशन खढ्का लगायतले गीत प्रस्तुत गरेका थिए । अन्य विद्यार्थीहरूले नृत्य र गायन, कविता प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए ।