• मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को लागि ५८ करोड ५७ लाख २५ हजार बजेट पारित गरेको छ ।  
    कानेपोखरी गाउँपालिकाले आज (मंंगलबारं) पत्रकार सम्मेलनको आयोजना गरी बजेट सार्वजनिक गरेको हो । 
    आयतर्फ सघ, प्रदेशको समानीकरण, सशर्त, राजस्व बाँडफाड, विशेष अनुदान रकमको साथै चिसाङ खोला ठेक्काबाट २ करोड, विभिन्न वडाबाट २ करोड संकलनहुने र घरजग्गा रिजिष्ट्रेशन आयबाट १ करोड ५० लाख अन्तरिक आय अनुमान गरिएको छ । 
    व्यायतर्फ चालु खर्च (प्रशासनिक) ८ करोड १ लाख, पूर्वाधार निर्माणमा ३ करोड ९६ लाख रहेको छ । कृषिमा १ करोड ३७ लाख ५० हजार, शिक्षा तथा सामाजिक विकासतर्फ ५ करोड २१ लाख ९६ हजार ४५ विनियोजन गरेको छ । 
    वन तथा वातावरणतर्फ १ करोड १६ लाख, संस्कृति प्रवद्र्धनमा ३३ लाख, संस्थागत विकासतर्फ १ करोड १३ लाख र भूमि व्यवस्थापन तर्फ ४६ लाख बजेट विनियोजन भएको पालिकाको प्रवक्ता सुशील बुढाथोकीले बताए । 
    सात वटा वडालाई ५७ देखि ७१ लाखसम्म गरी ४ करोड ४७ लाख र खेलकुदमा ८ लाख विनियोजन भएको प्रस्तुत बजेटमा उल्लेख छ । 
    कृषि विमा, मत्स्य पोखरी निर्माण, कृषि औजार वितरण शीर्षकमा बजेट बिनियोजन भएको छ । पालिकाले निशुल्क शिक्षा पालिकाको ईच्छा, सासुको इच्छा बुहारीलाई शिक्षा लगायतका नारासहितको कार्यक्रमको लागि बजेट व्यवस्था गरेको छ । 
    कानेपोखरीलाई सुन्दर बनाउन सौन्दर्यीकरण कार्यक्रम, कानेपोखरी कोशेली घरको लागि बजेट व्यवस्थापन गर्नुको साथै पालिकाको प्रशासनिक भवन निर्माणको लागि ५० लाख बजेट बिनियोजन गरिएको पालिका प्रमुख राजमती इङ्गनामले बताए । 
    कानेपोखरीले गुन्द्रुक उत्पादन गरेर पालिकाबासीको आर्थिक श्रोत बढाउने उदेश्यले बजेट विनियोजनहुँदै आएको छ । यस बर्ष प्रदेश सरकारले गुन्द्रुक प्रशोधन, ड्रायर र रोलर खरिदको लागि ७ लाख बजेट विनियोजन भएको पालिका अध्यक्ष राजमती इङ्गनामले बताए । गुन्द्रुकसँगै सुद्ध तोरिको तेल उत्पादन गर्न भवन समेत निर्माण भइसकेको प्रमुख इङ्गनामले जानकारी दिए । 
    गुन्द्रुक उत्पादको लागि तोरीको विउ, औजार, मल लगायतको सामाग्री कृषकलाई अनुदान स्वरुप वितरण गर्दै आएको छ । गुन्द्रुक ब्रान्डिङको प्रयास भएपनि परीक्षणकै रुपमा रहेको बुझिएको छ । 
    पत्रकार सम्मेलनमा उठेका जिज्ञासाहरुको उत्तर पालिका अध्यक्ष राजमती इङ्गनाम, प्रवक्ता सुशील बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जवाफ दिएका थिए । 
    पत्रकार सम्मेलनमा वडा नं. ३ का गोपालबहादुर कार्की, ७ का वडा अध्यक्ष मोहनबहादुर अधिकारी लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
    संघबाट परेको ८ र प्रदेशबाट विनियोजन भएको ११ वटा बजेटसमेत पत्रकार सम्मेलनमा वितरित कागजमा उल्लेख छ  । 
    कानेपोखरी गाउँपालिकाको १६ औं गाउँ सभाबाट असार १० गते  नीति तथा कार्यक्रम पारित भएको थियो । गाउँसभाको दोस्रो बैठक असार ३१ गते आर्थिक विद्येयकसहित बजेट पास गरेको वितरित कागजमा उल्लेख छ । 

सम्वन्धित समाचार

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…

मोरङ । मोरङको पथरीशनिश्चरे—२, स्थित हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारण सभा बुधबार समाप…