• उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसायी नुतन राई (पिके) ले उम्मेद्वारी दिने हुनुभएको छ ।वर्तमान कार्यसमिति सदस्यसमेत रहनुभएका उहाँले यस पटकको निर्वाचनमा महासचिबमा उम्मेद्वारी दिने हुनुभएको हो । उर्लाबारी – ५ स्थित एनएमबी बैँक मुनि बर्षौंदेखी पर्शु किँरात ट्राभल्स एण्ड टुर्स प्रालि सञ्चालन गर्दै आउनुभएका राईले संघको बेतिथि र ब्यवसायी तथा उद्योगीहरुको हितको पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ ।

    सदस्य हुँदा संघभित्रका बेतिथि बारेमा खरो रुपमा उहाँले आवाज उठाउनु भएकाले पनि यस पटकको निर्वाचनमा सबैको साथ र सहयोग रहने जानकार ब्यवसायीहरु बताउँछन् । सम्भावना बोकेको युवा भएकाले उहाँले महासचिबमा जित्नैपर्ने ब्यवसायीहरुको भनाई छ ।२०४८ साल मंसिर १५ गते भोजपुरको पौवादुङ्मा ५ मा जन्मनुभएका राई केही गर्छु भन्ने उद्देश्य बोकेर २०६५ सालमा उर्लाबारी बसाइँ सरेर आउनुभएको थियो । । सुरुमा उहाँले पर्शु किँरात ट्राभल्समा कर्मचारी भएर काम गर्नुभयो ।

    राईको लगनशिलताले नै गर्दा २०६८ सालमा आफैँ सो ट्राभल्स खरिद गर्न सफल हुनुभयो । त्यसपछि राईको व्यवसायिक सफलता सुरु भयो । ट्राभल्समा सेवा आउने जो कोही निराश भएर फर्किनु पर्दैन । राईले जसरी हुन्छ आफ्ना ग्राहकलाई अहिलेसम्म खुशी राख्न सफल हुनुभएको छ । कोही अप्ठ्यारोमा परेका जोकोहीलाई सहयोग पनि उहाँले गर्दै आउनुभएको छ । राई सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । मिरा राई फाण्डेशनको संयोजक, सानो दुङ्माली किँरात राई सेवा समाजको सचिवलगायतका सामाजिक संघसंस्थामा समेत काम गरिरहनुभएको छ ।

    व्यापारीहरुको समस्या होस्् या सामाजिक बिकृति सबै विषयमा राई जोडदार आवाज उठाउने गर्नुहुन्छ । उहाँले भन्नुभयो –‘ महासचिबमा यस पटक चुनाव लड्दैछु, आशा छ सम्पूर्ण ब्यवसायी तथा उद्योगीहरुले माया गर्नु हुनेछ ।’ उर्लाबारीका साना ठुला सबै व्यापारीका समस्या र आवाज संघको निर्णायक ठाउँमा पुर्याएर कार्यान्वयनमा जोड दिने उहाँको लक्ष्य छ ।

सम्वन्धित समाचार

मिति २०८१ साल भदौ २२ गते सम्पन्न संघीय महिला मञ्च मोरङको जिल्ला अधिवेशनद्वारा निर्वाचित कार्यसमिति ।  …

मोरङ । मोरङको पथरीशनिश्चरे वडा नं. ९, ७ र ४ मा सिंचाई गर्दै आएको शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छै…

मोरङ । पार्टी विभाजनमा आधा बढी सांसदहरुले छाडेर गएपछि कमजोर जस्तो देखिएका उपेन्द्र यादब संगठन विस्तार गर्…

पहिचानवादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१&r…