• मोरङ । मोरङको पथरीशनिश्चरेमा लागू औषध प्रयोग कर्ता न्युनिकरण गर्ने उदेश्यले लापसे (लागू पदार्थ सेवनं) परीक्षण सुरु भएको छ । 
    लापसे परीक्षण सुरु भएकै दिन मंगलबार ११ जना युवा युवतीहरु लागूू पदार्थ सेवन प्रयोग गरेको प्रमाणित भएर प्रहरी नियन्त्रणमा परेका छन् । 
    लागू पदार्थ सेवन गरेको कारण पक्राउ पर्नेमा ४ जना युवती र ७ जना युवा रहेका छन् । पक्राउ पर्नेहरु १७ देखि २७ बर्ष उमेर समूहको रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालले बताए । 
    संकास्पद १३ जना पक्राउ परेका युवा युवतीहरुलाई इलाका प्रहरी कार्यालयमा ल्याएर लापसे परीक्षण गर्दा ११ जनाले प्रयोग गरेको प्रमाणित भएको हो । 
    पक्राउ पर्नेहरुमा पथरीशनिश्चरे १ का ४ जना, २ नं. वडाका १ जना, ३ को २, ९ नं. वडाका १ जना, १० को २ जना र झापा दमकको १ जना रहेको इलाका प्रहरी कार्यालय पथरीले जाएको छ । 
    संकास्पद ती व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले पथरीशनिश्चरे १० स्थित सिरिजंङ्गा स्मृति धार्मिक वन क्षेत्रबाट नियन्त्रणमा लिएका थिए । 
    डीएसपी मोहनविक्रम दाहाल भर्खरै सरुवा भएर इप्रका पथरी आएका हुन् । यहाँ आएपछि उद्योगी व्यवसायी, राजनीतिक दलका नेताहरु, सञ्चार कर्मी लगायतसँग सुझाव संकलन गरेका थिए । अधिकांशले लागू पदार्थ सेवन, कारोबार र व्यापारीहरु अत्याधिक रुपमा बढेकोले नियन्त्रण गर्न सुझाव दिएका थिए । 
    त्यसपछि डीएसपी दाहालले लागू पदार्थ नियन्त्रण गर्न दुई जना इन्स्पेक्टरसहित छ जनाको एन्टि ड्रग स्क्वाट .(एडीएस)ं टिम गठन गरेर लपसे परीक्षण सुरु गरेको हो  । 
    लापसे पथरीमै परीक्षण

    लापसे परीक्षण गर्ने किड


    संकास्पद व्यक्तिलाई लागू पदार्थ सेवन गरे, नगरेको परीक्षण मल्टि ड्रग टेष्ट प्यानल ं(गर्भ परीक्षण गर्ने किड जस्तै) किड मार्फत परीक्षण सुरु गरिएको हो । 
    लापसे किड पिसबमा डुबाएपछि कोकिन, मोर्फिन, डाइजिपम, गाँजा लगायत ६ प्रकारको लागू पदार्थ प्रगोग भए नभएको छुट्याइदिन्छ । संकास्पद व्यक्तिको पिसाबमा किड डुबाउदा गर्भ परीक्षण जस्ते सेवन गरे, नगरेको छ प्रकारको ड्रगको संकेत दिन्छ । लापसे नगरेको व्यक्तिको नेगेटिम देखाउछ । 
    पथरीमा मंगलबार सोही किड मार्फत लापसे परीक्षण गरिएको हो । परीक्षण गरिएका अधिकांशमा गाँजा र केहीमा मोर्फिन, डाइजिपाम लगायतको लागू औषध प्रयोग गरिएको भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहालले बताए । 
    पहिलो पटक इलाका प्रहरी कार्यालयमा परीक्षण गर्दा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शशी राई, नगर अस्पतालको प्रमुख मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो । 
    इलाका प्रहरी कार्यालयले गठन गरेको एन्टि ड्रग स्क्वट .(एडीएस)ंले संकास्पद लागू औषण प्रयोग कर्ताहरुलाई ल्याएर नगर अस्पताल पठाउने र त्यहाँ यही किड मार्फत तुरुन्त परीक्षण गरिने प्रहरी प्रमुख दाहालले बताए । लापसे परीक्षण गर्ने किड करिव ४५० रुपैया पर्दछ । कोही अभिभावकले आफ्नो सन्तानले लापसे गरे, नगरेको पत्ता लगाउन चाहे आफै आएर पनि परीक्षण गर्न सक्ने प्रहरी प्रमुख दाहालले बताए । 
    प्रहरीले गठन गरेको एडीएसले प्रयोग कर्ताको साथै लागू पदार्थ कारोबारी र ओसार पसार गर्नेहरुको पनि खोजी गरेर कारबाही चलाउने बताए । 
    पथरीशनिश्चरेमा केही बर्ष अघिदेखि लागू औषध प्रयोग कर्ता व्यापक रुपमा बढेपछि दुले चोरको समेत बिगबिगी बढेको छ । इलाका प्रहरी कार्यालय पथरीले एडीएस टिम बनाएपछि अब जुनसुकै बेला संकास्पद व्यक्तिहरु नियन्त्रण गरेर लापसे परीक्षण हुनेसक्ने भएको छ । 
    किड मार्फत लापसे गरे, नगरेको परीक्षणहुने र प्रहरीले लापसे न्युनिकरणको लागि एडीएस नै गठन गरेर लागेपछि नगरपालिका, जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ताहरु संंघ, संस्थाहरुबाट सहयोग मिले नगरमा लापसे धेरै हदसम्म नियन्त्रण हुन सक्छ । 

    पथरीमा परीक्षण भएको किड

सम्वन्धित समाचार

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं. वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वनको छ जना पू…

मोरङ । माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा समितिको दोस्रो सम्मेलनले अमर बराइलीको अध्य…