• मोरङ । मनिराम ज्ञवालीको लघुवित्त विरुद्धको संघर्ष समितिले आज (मंगलबार) अभियान लधुवित्तको मोरङ कानेपोखरी शाखा कार्यालयको कम्प्युटर र कागजादमा आगजनी गरेको छ । 
    कार्यालयमा आएर आगजनी गर्ने मध्येको चार जनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा कानेपोखरी—२ का रामबहादुर लिम्बू, कमला मगर, उर्लाबारीको मिना लकान्द्री, राधा बिक रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख डीएसपी मोहनविक्रम दाहालले बताए । 
    कानेपोखरी—२ मा रहेको अभियान लधुवित्तको शाखा कार्यालयमा करिव साढे ११ बजे २२—२५ जनाको समूहमा आएर कर्मचारी पवित्रा थापालाई कोठामा थुनेर कम्प्युटरको मोनिटर जलाउनुको साथै कागजाद बोरामा हालेर बाहिर निकालेर जनाएका थिए । कर्मचारीलाई कुटपिटको साथै मोबाइल समेत खोसेर लगेको, वाइफाइको तार चुडाएको, फर्निचरमा तोडफोड गरेको सो कार्यालयले जनाएको छ । 
    लघुवित्तमा मंगलबार पवित्रा थापा मात्र रहेका थिए । अन्य कर्मचारी फिल्डमा गएको बेला आएका केही परिचित र धेरै अपरिचित व्यक्तिले मुख थुनेर, मोबाइल खोसेर कम्प्युटरको मनिटर र कागजमा आगजनी गरेको अभियान लघुवित्तका खानेपोखरी शाखा प्रमुख दिपेन्द्र कुमार यादवले बताए । 

    कम्प्युटर र कागजादमा आगजनी हिडेका मध्ये स्थानीय रामबहादुर लिम्बू, कमला मगर, उर्लाबारीको मिना लकान्द्री, राधा बिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

    पक्राउ परेका मध्ये लिम्बू र मगरले लघुवित्तले एक लाख ऋण लिदा २० हजार काटेर राख्ने, लाख रुपैयाँकै ब्याज लिने, किस्ता तिर्न ढिलो भए पाँच हजार जरिवाना तिराउने, ऋण तिर्न नसके घरको पाशुधन (चौपाया), खाना पाउने भाडा, थाल समेत लाने, केही नहुनलेलाई कुटपिटसम्म गर्न तयार पर्ने अत्याचार विरुद्ध संघर्षमा उत्रिएको बताए । लघुवित्तले १५ प्रतिशत व्याज लिदै आएको छ । 
    लघुवित्तका कर्मचारीहरुले भने पछिल्लो समयमा कसैलाई टर्चर नदिएको बताए । 
    मनिराम ज्ञावाली नेतृत्वको संघर्ष समितिले नव सामन्त रुपमा लघुवित्त आएको कारण खारेजी गर्नुपर्ने, ऋण मिनाहा गर्नुनर्पे, कालोसूची र धितो फुकुवा गर्नुपर्ने लगायतको माग राख्दै असारदेखि घोषित रुपमा आन्दोलन गर्दै आएको छ । 
    ज्ञवालीले लघुवित्तको ऋण र टर्चरको कारण नेपालमा १३ सय जनाले आत्महत्या गरिसकेको बताउदै आएका छन् । 
     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…