• मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले बेहुलीलाई शेयर उपचार र सन्तान उत्पादन गर्दा भाले प्रदान गर्दै आएको छ । 
    सहकारी संस्थाको आइतबार २३ औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनमा सो उल्लेख रहेको छ । 
    शेयरधनी वा शेयर सदस्यका छोराले बेहुली ल्याएमा हजार रुपैयाको शेयर उपचार दिने र २ सन्तान उत्पादनहुँदा भाले वा पोसिलो पदार्थ खान २ हजार प्रदान गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । 
    कन्तुरले जेष्ठ सदस्यलाई बृद्ध भत्ता र शेयर सदस्यको मृत्युहुँदा २० हजारसम्म र सदस्यको आफन्तको मृत्युहुँदा २ हजारको दरले राहत रकम प्रदान गर्दै आएको छ । 
    कन्तुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पर्शुराम गुरुङले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक बुद्धकुमार विष्टले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
    सहकारी संस्थामा एक हजार सात सय २५ शेयर सदस्य रहेका छन् । संस्थामा ३ करोड १ लाख ९० हजार १०० शेयर पुँजी, १५ करोड ९६ लाख ४१ हजार ३६१ निक्षेप रहेको छ । गएको एक बर्षमा संस्थाले ४३ लाख ३५ हजार ९७१ रुपैयाँ खुद नाफा रहेको सहकारी संस्थाका प्रमुख व्यवस्थापक तुलशी बस्नेतले बताए । 
    सहकारी संस्थाको पथरीशनिश्चरे १ मा १ कट्ठा ७ धुर र १ कट्ठा १२ धुर, वडा नं. ३ मा १४ कट्ठा ७ धुर गरी ३ कित्ता जग्गा रहेको छ । 
    कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे १ नं. वडा अध्यक्ष भीमकुमार राईले कन्तुर बहुउश्यीय सहकारी संस्था सहकारी सिद्धान्त र नियम अनुसार चलेकोले समस्या नआएको बताए । 
    कर्यक्रममा राष्ट्रिय सहकारी बैंकका उर्लाबारी शाखा प्रमुख बिबेक रिजालले कन्तुरको बितीय सूचक राम्रो देखिएको बताए । देशमा सरकारीहरुमा संकट आएको बेला कन्तुरमा भने समस्या नदेखिएको रिजालले बताए । उद्घाटन सभामा देविप्रसाद दंगाल लगायतले शुभकामना दिएका थिए । संस्थाका सचिव युवराज चौलागाईले सञ्चालन भएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…