• मोरङ । माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को १६ औं मोरङ जिल्ला अधिवेशनबाट सरोज किराती निर्वाचित भएका छन् ।
    अखिल क्रान्तिकारी जिल्ला समितिको निर्वाचन आइतबार(२३ भदौ) सुन्दरपुर हरैचाको विराटचोक स्थित उद्योग वाणिज्य संघको हलमा भएको थियो । 
    सर्वसहमत नभएपछि अध्यक्ष, उपाध्यक्ष, सहसचिव र कोषाध्यक्षमा चुनाव भएको थियो । 
    अधिवेशनमा मोरङ जिल्लाको विभिन्न शैक्षिक संस्थाहरुबाट प्रतिनिधि आएका थिए । 
    निर्वाचनमा १३४ मध्ये अध्यक्षको उमेद्वार सरोज किरातीले ८१ मत ल्याएर बिजयी भएको हो । अध्यक्षका अर्का प्रत्यासी शशी यादव ५३ मत प्राप्त गरेका थिए । 
    त्यसैगरी तीन उपाध्यक्षको लागि पाँच जना प्रतिष्पर्धामा उत्रेका थिए । उपाध्यक्षमा दिपेश परियार (१२७), पुष्कर भट्टराई (६९), आयुद अछामी (६८) बिजयी भएका छन् । उपाध्यक्षका प्रत्यासी रोशन यादव (५७), अलिल अधिकारी (६४) रहेका थिए । 
    सचिवमा सतिस कार्की सर्वसहमत चयन भएका थिए । दुई सहसचिव पदका लागि चार जना भिडेका थिए । महिला सहसचिवमा भने रबिना चौधरी सर्वसहमत चयन भएकी छन् । 
    सहसचिवमा अनिस कार्की (६१), अनिष पौडेल (५६) बिजयी भए । सहसचिवका प्रत्यासी दिपेन्द्र राई (५४) र दर्शन शाहा (५२) रहेका थिए । 
    कोषाध्यक्षमा सितल दर्नाल (७६) बिजयी भएकी छन् । दर्नालको प्रत्यासी किर्तिका खनाल (५८) रहेका थिए । 
    नगेन्द्रबहादुर घिमिरे अध्यक्षको गत कार्यकालमा सरोज किराती जिल्लाको बरिष्ठ उपाध्यक्ष रहेका थिए । 
    सरोजलाई सर्वसहमत अध्यक्ष बनाउने पर्यप्त संभावनाहरु रहेपनि माओवादी (केन्द्र)को पार्टी नेतृत्व तहमै मत विन्नता देखिएपछि निर्वाचत भएको थियो । 
    अध्यक्षमा निर्वाचित भएपछि सरोज किरातीले संगठनलाई एकताबद्ध बनाएर लाने बताएका छन् । कार्यकालभर विद्यार्थीहरुको हकहित र जिल्लामा शैक्षिक माफिया विरुद्ध अभियानहरु चलाउने अध्यक्ष किरातीले बताए । विधान बमोजिम ९ पदाधिकारी निर्वाचित भएर आएपछि बाँकी ४२ जना सदस्य चयन गरिने अध्यक्ष सरोज किरातीले बताए । संगठनको खुल्ला सत्र भदौ १९ गते भएको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले निर्माण गरेको आवास विहिन २० परिवारलाई नयाँ घर वितरण गरेको छ ।&n…

मोरङ । पहिचावादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१&…

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…