• मोरङ । पढाईमा समाजिक सञ्जालको प्रयोग र प्रभाव बिषयक वक्तृत्व कला प्रतियोगितामा मोरङको पथरीशनिश्चरे ९ स्थित सिंहबाहिनी मावि प्रथम भएको छ ।
    बाल दिवसको अवसरमा पथरीशनिश्चरे—१, स्थित सुनाखरी माविले आयोजना गरेको प्रतियोगितामा सिंहबाहिनी माविको सरु आचार्य प्रथम भएकी छन् । 
    वक्तृत्व कलामा चन्द्र किरातेश्वर माविकी अंकिता तामाङ दोस्रो, भागिरथ माविकी प्रतिमा चेम्जोङ लिम्बू तेस्रो र दुर्गा माविकी अस्मिता रसाइली सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । 
    विजेता विद्यार्थीहरुलाई नगद, मेडल तथा नगद पुरस्कार प्रदान गरिएको थियो । पथरीशनिश्चरे शिक्षा विभाग प्रमुख नवीन खुलाल, १ नं. वडा अध्यक्ष भीमकुमार राई, विद्यालय सञ्चालक समितिको अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक भूमिकादेवि मगर, विद्यालयका सल्लाहकार अर्जुन जम्नेली राई लगायतको हातबाट वितरण भएको थियो ।
    प्रतियोगितामा पथरीशनिशचरे नगरमा रहेको १० वटा मावि सहभागि भएका थिए । 
    सुनाखरी माविमा चाम्लिङ राई भाषा पठनपाठनहुँदै आएको छ । पथरीशनिश्चरे नगरको आर्थिक सहयोगमा प्रकाशित कक्षा ५ सम्मको पुस्तक विद्यालयलाई हस्तान्त्रण गरिएको छ । कार्यक्रममा नगरको शिक्षा विमाग प्रमुख नवीन खुलाल, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव तथा सुनाखरी माविको सल्लाहकार अर्जुन जम्नेली राईले शुभकामना मन्तव्य दिएका थिए । 
    यसैवीच ५३ लाख बराबरको लागतमा निर्माण भएको चार कोठे पक्की भवन नगरप्रमुख मोहनप्रसाद तुम्बापोको हातबाट रिवन काटेर उद्घाटन गरिएको थियो । कार्यक्रममा किरात राई यायोक्खा नगर अध्यक्ष प्रेमकुमार राई लगायतको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा सुनाखरी माविमा अध्ययनरत छात्राहरु इन्द्रकुमारी देवान, अनुसा सुनाम, मन्दीरा लिम्बु लगायतले नृत्य तथा गीतहरु प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ कि रिजु भट्टराई नेपालको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगिता भिड्…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेप…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले लाहा खेतीको लागि शनिवा…

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको   घोषणा ग…