मोरङ । किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले मंसिर अघि नै कोशी नाम खारेजी गरेर पहिचानको आधारमा पुन नामकरण प्रकृया नथाले प्रदेशमा आन्दोलनको आधिबेरी चल्न सक्ने चेतवानी दिएका छन् ।
किरात राई पत्रकार संघ मोरङले सोमबार पथरीमा आयोजित १७ औं स्थापना दिवसको अवसरमा सो चेतावनी दिएका हुन् ।
कोशी नाम विरुद्धको आन्दोलन शान्ति, संमृद्धि, समाजवाद, सुशासन, नयाँ राष्ट्रिय एकता र नेपाली राष्ट्रियता मजबुद बनाउन रहेको उपमहासचिव राईको भनाइ थियो ।
देशको परिस्थिति हरेक हिसावले आन्दोलनमय बन्दै गएको भन्दै नेपाली जनता र नेपालको हितको लागि चलिरहेको कोशी नाम खारेजी गर्न मुख्यमन्त्री हिक्मत कार्की, काग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका नेताहरु लाग्नुपर्ने उपमहासचिव राईको भनाइ थियो ।
राईले मुकुमलुङमा केवलकार निर्माण प्रकृयाबाट राज्य र कम्पनी पछि नहटे देशमा त्यहीबाट दुर्घट्ना सुरुहुने देखिएको उपमहासचिव राईको भनाइ थियो ।