• मोरङ । विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै मोरङको पथरीशनिश्चरे—२ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २२ औं साधारण सभा बिहिबार समापन भएको छ । 
    संस्थाले उत्कृष्ण वचतकर्ता गंगा राई, खगेन्द्रकुमार सारु मगर, उत्कष्ट ऋण कारोबार गर्ने कमला राई, अर्जुन सेन्चिुरी र पूर्व सञ्चालक अमृता अधिकारी खत्रीलाई सम्मान पत्रले सम्मान गरेको हो । 
    कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर ७ नं. वडा अध्यक्ष उद्धवराज बस्नेत, ३ नं. वडा अध्यक्ष विजय लिम्बू, संस्थाका अध्यक्ष धनराज राई (अमिर), पूर्व अध्यक्ष दिलबहादुर तामाङ लगायतबाट सम्मान पत्र प्रदान गरिएको थियो । 
    लर्ड बुद्ध साकोसले ७० बर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई मासिक ८५० को दरले जेष्ठ नागरिक भत्ता वितरण गर्दै आएको छ । जेष्ठ नागरिक जहरमान लिम्बू लगायतलाई एकमुष्ट भत्ता वितरण गरिएको थियो । 
    कार्यक्रममा कोषाध्यक्ष दोर्णबहादुर खड्काबाट आर्थिक प्रतिवेदन, सचिव महेन्द्र ढुङ्गानाबाट प्रगति प्रतिवेदन, लेखा समिति संयोजक चन्द्रप्रसाद खनालबाट लेखा प्रतिवेदन प्रस्तुत भएको थियो । 
    कुल पुँजि साढे २७ करोड
    साकोसमा ३ हजार ३ सय ५२ शेयर सदस्य, ७९७ जना बाल बचत कर्ता रहेको छ । लार्ड बुद्ध साकोसमा २७ करोड ५९ लाख ६६ हजार ५८९ कुल पुँजी रहेको छ । 
    जस मध्ये २ करोड ५१ लाख ५८ हजार २०० शेयर पुँजी, २२ करोड ३ लाख २९ हजार ६७२ निक्षेप रहेको छ । संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३४ करोड ४० लाख ९७० सुद्ध वचत (खुद नाफां)ं रहेको आर्थिक प्रगति प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा ४५ लाख १८ हजार ७७५ खुद नाफा रहेको संस्थाका व्यवस्थापक गणेश राईले बताए । संस्थाले एब वर्षमा १६ लाख ४८ हजार ७८९ रुपैया सरकारलाई कर तिरेको प्रतिवेदनमा उल्लेख छ । 
    लर्ड बुद्ध साकोसले हरेक वर्ष रत्तदान कार्यक्रम, विद्यालय स्तरीय वतृत्व कला प्रतियोगिता, निम्न वर्गीय शेयर सदस्यका छोराछोरीलाई छात्रा वृति लगायत शैक्षित तथा समाजिक कार्यक्रमहरु गर्दै आएको छ । अध्यक्ष अमिर राईको सभापतित्वमा भएको कार्यक्रम सचिव महेन्द्र ढुङ्गानाले सञ्चालन गरेका थिए । 

    कार्यक्रममा सहभागी सदस्य तथा अतिथिहरु


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…