• मोरङ । प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङको हातबाट मोरङको पथरीशनिश्चरे—१ मा निर्मित इलाका प्रहरी कार्यालय पथरीको भवन सुक्रबार उद्घाटन भएको छ । 
    डीआईजी चन्द्रकुवेर खापुङ्ग र पालिका प्रमुखहरुको हातबाट रिवन काटेर भवन उद्घाटन भएको थियो । 
    पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका लगायतबाट सहयोग संकलन गरेर एक तले पक्की भवन निर्माण भएको थियो । सो भवन इलाका प्रहरी कार्यालय प्रमुखको क्वाटरको रुपमा प्रयोगहुने निर्माण समितिले जनाएको छ । 
    उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख खापुङले १८ लाख मा चार कोठे पक्की भवन बनाएकोमा प्रहरी, स्थानीय पालिकाहरु र निर्माण समितिलाई धन्यवाद दिए । 
    टेन्डर प्रकृयामा गएको भए १८ लाख बजेटमा एउटा व्यस्थित शौचालय पनि बन्न नसक्ने अवस्था रहेको डीआईजी खापुङ्गको भनाइ थियो । खरिद ऐनको कारण अमानतमा भवनहरु बनाउन समस्या भइरहेको भन्दै प्रहरीसँग जनशक्ति भएको कारण संघ र प्रदेशबाट सिद्धै स्थानीय तहमा बजेट आए सानो रकमले ठूलो काम गर्न सकिने खापुङ्गले बताए । टेन्टर प्रकृयामा जाँदा सानो भवनको लागि पनि एक करोड भन्दा माथिको बजेट हुनुपर्ने र त्यो भन्दा सानो रकमको भवन बनाउन मुस्किल पर्ने बताए । 
    कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, कानेपाखरी गाउँपालिका अध्यक्ष राजकुमारी इङ्नाम लिम्बूले अस्थायी प्रहरी चौकीहरु स्थायी गर्न, भवन निर्माणको लागि विभागमा पहल गर्न र लागू औषध नियन्त्रणको लागि विशेष पहल गर्न प्रदेश प्रहरी प्रमुख डीआईजी खापुङलाई अनुरोध गरेका थिए । पालिका प्रमुखहरुले आफूहरु पनि लाग्ने र प्रहरी प्रमुखले आफ्नो विभागको तर्फबाट लाग्न अनुरोध गरेका थिए । 
    प्रदेश प्रहरी प्रमुख डीआईजी खापुङले प्रहरी कार्यालयमा भवनहरु बनाउन पहल गर्ने  प्रतिवद्धता गर्दै लागू औषध नियन्त्रण भने प्रहरी एक्लैले गर्न नसक्ने बताए । 
    डीआईजी खापुङले इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल आएपछि ठूलो मात्रामा लागू औषध नियन्त्रणमा लिएको, कारोबारमा संलग्न गर्भेनी महिलासमेत पक्राउ गरेको, लागू औषध विरुद्ध अभियान चलाएको प्रसंग उल्लेख गर्दै स्थानीय सरकार, पार्टी र स्थानीय संघ, संस्थाहरु समेत लाग्नुपर्ने बताए । 
    लागू औषध दुव्र्यासनी विरुद्ध संयुक्त राष्ट्र संघ, विश्व र नेपाल आफै लागि रहेपनि पूर्ण रुपमा नियन्त्रण नभएको बताए ।  
    डीआईजी खापुङले भने ‘म प्रदेश आएपछि दुव्र्यासन विरुद्ध आमाहरु अभियान चलाइरहेको छु ।’ आमा र प्रत्येक घर परिवार लागे दुव्र्यासनी अन्त गर्न सकिने खापुङको भनाइ थियो । अरुको चिन्तै नगरौ । सबैले आफ्नो घर नियन्त्रण गर्न सके लागू औषध र त्यसबाट हुनसक्ने अपराधको अन्त्य गर्न सकिने डीआईजी खापुङले बताए । 
    भवन निर्माणको लागि सहयोग गर्ने पथरीशनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिका, पथरी उद्योग वाणिज्य संघ, रंङ रोगनमा सहयोग गर्ने राजेन्द्र बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका तत्कालीन इप्रका प्रमुख डीएसपी बेदप्रसाद गौतम लगायतलाई प्रसंशा पत्र प्रदान गरेको छ । 
    कार्यक्रममा मोरङ जिल्ला प्रहरी प्रमुख एसपी नवराज कार्की लगायतका विभिन्न कार्यालयका प्रहरी प्रमुखहरु उपस्थित रहेका थिए । कार्यक्रममा पथरीशनिश्चरे नगर उपप्रमुख देविमाया काफ्ले, पूर्व प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट, दुवै पालिकाका वडा अध्यक्षहरु, संविधान सभाका सदस्यद्वय चण्डिप्रसाद राई, लालबहादुर सुश्लिङ मगर, विद्यालयका प्रअ, प्रतिनिधिहरु, पार्टी प्रतिनिधिहरु, जेसीज र लायन्सका प्रतिनिधिहरु उपस्थित रहेका थिए । 

    डीआईजी खापुङलाई सलामी र स्वागत
    प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ्गलाई मोरङ जिल्ला प्रहरीका प्रमुख एसपी नवराज कार्की र इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालले स्वागत गरेका थिए । डीआईजी खापुङलाई इलाका प्रहरी कार्यालयको तर्फबाट सलामी चढाएका थिए । 

    भवन निर्माणको प्रतिवेदन प्रस्तुत
    इलाका प्रहरी कार्यालयमा निर्माण सम्पन्न भएको चार कोठे भवनमा १८ लाख २१ हजार २ सय खर्च भएको प्रतिवेदन प्रस्तुत भएको छ । 
    भवन निर्माणको लागि रुपनारायण भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त रकम पथरीशनिश्चरे नगरपालिकाबाट १२ लाख, कानेपोखरी गाउँपालिकाबाट ५ लाख ८० हजार र बाँकी रकम विभिन्न व्यवसायीहरुबाट संकलन भएको निर्माण समितिका सचिव ईश्वरी साप्कोटाले बताए । कार्यक्रममा सचिव साप्कोटाबाट प्रतिवेदन प्रस्तुत भएको थियो । कार्यक्रम इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविदत्त मोतेले सञ्चालन गरेका थिए । 

    कार्यक्रमको अथिति तथा सहभागीहरु 

सम्वन्धित समाचार

मोरङ । मोरङको बेलबारी लक्ष्मी मार्गमा शनिबार भएको भेलाले आदिबासी जनजाति युवा महासंघ मोरङको तदर्थ समिति …

मोरङ । जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री र पूर्व पदाधिकारीलाई सम्मान गर्दै मोरङको पथरीशनिश्चरे—…

मोरङ । हात्तिपाइले रोगको औषधी प्रभावकारी भए नभएको बारे शनिवारदेखि आरडीटी सर्वेक्षण हुने भएको छ ।  …

मोरङ । विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै मोरङको पथरीशनिश्चरे—२ मा स्थापित लर्ड बुद्ध बचत तथा…