• गाईले के दिन्छ ? भन त प्यारा विद्यार्थीहरु ।
    विद्यार्थीः दुध
    स्याबास ।
    खसीले के दिन्छ ? भन त ।
    विद्यार्थीहरुः मासु
    स्याबास ।
    कुखुराले के दिन्छ भन त प्यारा विद्यार्थीहरु ?
    विद्याथीहरुः अण्डा ।
    स्याबास ।
    गधाले के दिन्छ भन त ? 
    विद्यार्थीहरुः होमवर्क
    हास्य कलाकार मनोज गजुरेलले आफू शिक्षकहुँदाको अनुभव वर्तमान शिक्षण सिकाइ प्रति व्यङ्ग्य गर्दै यसरी कलात्मक प्रस्तुति दिए । 
    मोरङ पथरीशनिश्चरे—२, स्थित रेडस्टार बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले मंगलबार .(असोज २२ं) कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीरुलाई स्वागत कार्यक्रम राखेका थिए । 
    सिन भिलेज पार्टी प्यालेसमा भएको स्वागत कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलले एकोहोरो घोकन्ते र विद्यार्थीहरुको बुझ्न सक्ने क्षमताभन्दा बढी होमवर्क .(गृहकार्य)ं दिइने शिक्षण सिकाई प्रणाली प्रति विद्यार्थीहरुकै अगाडी तिखो व्यङ्ग्य प्रहार गरेका हुन् । 
    विद्यालयका कक्षाहरुमा दोहोरो संवादसहितको, मैत्रीपूर्ण लोकतान्त्रिक भन्दा शिक्षकहरुले अझैपनि ठूलो स्वरमा ‘चुपलाग’ भन्ने प्रणाली नै हाबी भएको जगुरेलको भनाइ थियो । 
    गजुरेलले आमा बाउले धनसम्पति पढाइमा खन्याएर स्नातकोत्तर गराएपछि कोरिया, जापान, अष्टे«लिया जस्ता देशहरु जानुपर्ने बाध्यता प्रति पनि व्यङ्ग्य प्रहार गरेका थिए । शिक्षकपछि कार्यक्रममा उपस्थित प्रहरी र सेनाका अधिकृतहरुकै अगाडी उपल्लो दर्जाले गर्ने व्यवहारहरुप्रति व्यङ्ग्य गरे । 
    मनोज गजुरेलले भ्रष्टाचार, राजनीतिक बेइमानी र नेपालका विभिन्न नेताहरुको क्यारिकेचर गरेर उपस्थित सहभागीलाई मनोरञ्जन दिएका थिए । गजुरेलले सुरुमै पढेर देशमै रोजगारी गर्नेहरुको हात उठाउनुस त भन्दा ८—१० जनाको मात्र हात उठेको थियो । १२ पढेर युरोप लगायतका देश जानेहरुको हात उठाउनुस त भन्दा हलमा उपस्थित आधाभन्दा बढी विद्यार्थीले हात उठाएका थिए । 
    कार्यक्रमको प्रमुख अथितिसमेत रहेका राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरका प्रमुख जीवन गड्तौला, विशेष अतिथि पथरीशनिश्चरे नगर शिक्षा विभाग प्रमुख नवीन खुलाल, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहाल, पूर्व नगर प्रमुख दिलिपकुमार राई, विभिन्न वडाका वडा अध्यक्षहरुको हातबाट वन आगन्तुक विद्यार्थीहरुलाई टिका र माला लगाएर स्वागत भएको थियो । 
    रेडस्टार बोर्डिङ स्कुलका सञ्चालक÷प्रिन्सिपल टीएन तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक राजु तिम्सिना, विजय डाँगी लगायतले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए । 
    कार्यक्रममा विद्यालयमा अध्ययरत विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्यमा आकर्षक प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेका थिए । रेडस्टार स्कुलबाट कक्षा १२ को गत बोर्ड परीक्षामा उच्च जीपीए ल्याउने मनिता कार्की र प्रजिता निरौलालाई विद्यालयको तर्फबाट पुरस्कार प्रदान गरेका थिए । 

    कार्यक्रमको तस्विरहरु


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…