भूमिप्रसाद पाठक
मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभिन्न चाडपर्वहरू मनाउन अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ। 
आज बिहिबार वडा कार्यालयको  परिसरमा विपन्नसँग वडाध्यक्ष कार्यक्रम अन्तर्गत वडाभित्रका अति नै विपन्न ५० परिवारलाई खाद्यान्न वापत  २५ केजी चामल र २ केजी कुखुरा वितरण गरेको हो ।
अरुको जस्तै यी विपन्नहरूको पनि घर आँगनीमा दशैँ जस्ता  चाडपर्वहरू आउन सकोस् भन्ने अभिप्रायले वडा कार्यालयबाट गरिब तथा विपन्न परिवारलाई खाद्यान्न र मासु वितरण गरिएको वडा अध्यक्ष भीमकुमार राईले दिनुभयो ।
उहाँले दशैंमा आर्थिक अभावकै कारण दुई गाँस मिठो खानबाट कोही बन्चित हुनु नपरोस् भन्ने उद्देश्यले आफ्नो वडाले आगामी वर्ष वर्षहरूमा पनि खाद्यान्न जोहो गर्न नसक्ने विपन्न परिवारलाई खाद्यन्न वितरण गनेृ जनाउनुभयो ।
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        