• मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयोजन समिति गठन भएको छ । 
    किरात याक्थुङ चुम्लुङ प्रदेश समिति अध्यक्ष मधुराज केरुङको संयोजनमा बिहिबार .(मंसिर १ं) दमक—४ ताराबारी स्थित होटलमा ‘पहिचान पक्षधरहरुको एकीकृत शक्ति निर्माणको लागि अन्तरसंवाद कार्यक्रम भएको थियो । 
    कार्यक्रममा पूर्वमन्त्री गोपाल किराती .(पहिचानवादी मोर्चाको कार्यवाहक संयोजकं), पहिचान सहितको प्रदेश नं. १ पुन नामकरण अभियान समितिका संयोजक डकेन्द्रसिह थेगिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन .(मिराकं), नेपाल जनमुक्ति पार्टीको अध्यक्ष केपी पालुङ्वा, नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञानबहादुर गुरुङ, राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता सन्तोष मेहेता लगायतको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा संगठनका नेताहरुले विचार राखेका थिए । विचार राख्ने क्रममा एकीकृत शक्ति आवश्यक रहेको बताएपनि कुमार लिङ्देनले पार्टी विलय गरेर अर्को पार्टी गठन नहुने आन्दोलनको संयुक्त मोर्चामा पार्टी सक्रीय भएर लाग्ने विचार राखेका थिए । 
    छलफलमा प्रदेश नं. १ पुन नामङ्कन संयुक्त संघर्ष समितिद्वारा मंसिरदेखि घोषित आन्दोलनलाई शसक्त बनाउन लाग्ने निर्णय भएको छ । आउने स्थानीय निर्वाचनमा इलाम उपनिर्वाचनको मोडलमा तयारी गर्ने, सोही मोडलमा २०८४ मा तयारी गर्नुको साथै समानुपातिक मतलाई मध्येनजर गरेर एकीकृत शक्ति निर्माण गर्नुपर्ने विचार व्यक्त भएको थियो । 
    छलफलपछि पहिचानवादीहरुको एकीकृत शक्ति निर्माणको लागि डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा तीन सदस्यीय अन्तर संवाद समिति गठन भएको छ । 
    सदस्यहरुमा कियाचुका प्रदेश अध्यक्ष मधुराज केरुङ, पहिचानवादी मोर्चाका केदार धिमाल रहेका छन् । समिति गठन लगतै बसेको बैठकले हरेक संगठनबाट २ जनाको दरले हप्तादिन भित्र प्रतिनिधि पठाउने र नामावली आइसकेपछि घनिभूत छलफल गर्ने निर्णय भएको संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा झापा जिल्लाको बिहिबार भएको प्रथम जिल्ला सम्मेलनबाट शन्तोष राईको नेतृत्व…