• मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चनाखो भएर खबदारी गर्ने भएका छन् । 
    एसियाली होइवे एसिया महादेशको ३२ वटा देश जोड्ने सडक सञ्जाल हो । एसियाली विकास बैंकको सहयोगमा निर्माणाधिन सडक नेपालको पूर्बी नाका काँकडभिट्टाबाट निर्माण भइरहेको छ । 
    केही दिनअघिदेखि एसियलन होइवे मोरङको पथरी बजारमा चार लेनको मात्र बन्न लागेको समाजिक सञ्जालहरुमा चर्चा चलेपछि नगरबासीहरु संसकित भएकाहुन् । 
    सामाजिक सञ्जाल मार्फत चासो बढेपछि आज पथरी उद्योग वाणिज्य संघले सो विषयमा सर्वपक्षीय छलफलको आयोजना गरेका थिए । 
    एसीयन हाइवेको वृस्तित परियोजना प्रस्ताव .(डीपीआर)ंमा सडकको चौडाइ सहरी क्षेत्रमा छ लेन, सर्भिस वे, फुटपाथ सहित ५० मिटर, अर्ध सहरी क्षेत्रमा छ लेन ३३ मिटर र ग्रामीण क्षेत्रमा चार लेन २४ मिटर गरेर तीन भाग गरिएको छ । 
    पथरी  बजार अर्ध सहरी क्षेत्रको रुपमा छ लेनको बन्ने सडकको डीपीआरमा उल्लेख छ । डे«न र फुटपाथ भने छैन । यद्यपि केही दिन अघिदेखि पथरीलाई ग्रामीण .(जंगल क्षेत्रं)मा राखेर चार लेनको मात्र सडक बन्न लागेको भन्दै सामाजिक सञ्जालहरुबाट व्यापक विरोध भइरहेको थियो । 
    नगरपालिका १ नं. वडाका पूर्ब अध्यक्ष बाबुराम एङ्देन लगायतले सामाजिक सञ्जाल मार्फट पथरी बजारमा ६ लेनकै सडक बन्नुपर्ने दबाब दिदै आएका थिए । 
    वर्तमान जनप्रतिनिधिहरुको कमिकमजोरी भएको भन्दै प्रचारहुँदै आएको थियो । 
    पथरी उद्योग वाणिज्य संघले बोलाएको भेलामा नगर प्रमुख मोहन तुम्बापो भने उपस्थित हुनु भएन । १ नं. वडा अध्यक्ष भीमकुमार राईले छिमेकी अन्य सहरहरुकै स्तरमा सडक बनाउन अयोजना र निर्माण गर्न कम्पनीलाई भन्दै आएको बताउनुभयो । 
    छलफलमा पूर्व नगर प्रमुख दिलिपकुमार राई, वर्तमान वडा अध्यक्षहरु विजय सुब्बा, लोककिरण न्यौपाने, वीरबहादुर राई लगायतले बिषय राख्नु भएको थियो । 
    पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा महासचिव अशोक राई र पार्टी प्रतिनिधिहरु लगायतले विचार राख्नु भएको थियो । 
    सर्वपक्षीय छलफलमा पथरी बजार पूर्बको कल्भर्टदेखि पथरी खोलासम्म दुबै किनारमा डे«न, फुटपाथसहित र जिरिखिम्तिको मोरङ्गी पुलसम्म छ लेन सडक बनाउन पहल गर्ने निर्णय भएको छ । 
    एसीयन हाइवे थाइल्यान्डको बैंककबाट सुरु भई म्यान्मार, बंगलादेश, भारतहुँदै नेपालको काँकडभिट्टा जोडिएको हो । हाइवे पश्चिम नेपालको बनबासाबाट भारतको दिल्लीहुँदै पाकिस्तानको कराँची पुग्छ । 
    सडक नेपालको काँकडभिट्टदेखि सीतापुरीसम्म एउटा खण्ड र सीतापुरीदेखि मोरङको गोठगाउँसम्म अर्को खण्ड निर्माण भइरहेको छ । झापाको सीतापुरी बजार पश्चिम मोरङको गोठगाउँसम्म ‘सीआरएफजी—टुन्डि जेभी’ कम्पनीले काम गर्दै आएको छ । 

    शनिबार भएको छलफलमा सहभागीहरु

    कसरी सुरुभयो चार लेनको प्रचार
    मोरङ पथरीशनिश्चरे—१ स्थित पथरी बजार पूर्ब मुख्य सडक दक्षिण खानेपानीसँग जोडिएको बस्ति छ । पथरीमा ६ लेन बनेमा सो बस्तिमा केही असहजता (साँगुरो) हुन्छ । 
    सो बस्तिमा केही हप्ता अघि एक जना वडा सदस्यले यो बस्ति बचाउन पथरीमा चार लेन मात्र सडक बनाएइको भनि दिए । सो कुरा त्यो बस्तिमा मात्र होइन केही अन्य स्थानमा समेत प्रचार भयो । 
    त्यसपछि सो बिषय फैलिन थाल्यो । यो बिषय वडा अध्यक्षहुँदै नगर प्रमुख मोहन तुम्बापोसम्म पुग्दा पनि सडक ६ कि ४ लेन बन्न लागेको हो स्पष्ट हुन सकेन । केही जनप्रतिनिधिले चार लेनको मात्र बन्छ भने । त्यसपछि पथरीशनिश्चरे नगर पूर्ब र पश्चिमका नगरहरुभन्दा सानो चार लेनको मात्र सडक बन्ने भयो भनेपछि पथरीमा चासो र चिन्ता बढेको थियो । 
    कतिपयले केही जनप्रतिनिधिले भोटको राजनीति गर्न बस्तिमा सो कुरा भनेको बुझे । कतिले भोटकै लागि केही घर जोगाउन ६ लेन घटाएर ४ लेनको लागि आयोजनालाई सहमति दिएको हुनसक्ने सम्मको संका फैलियो र सामाजिक सञ्जाल मार्फत प्रचार सुरु भएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…

मोरङ । मोरङको पथरीशनिश्चरे—२, स्थित हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारण सभा बुधबार समाप…