• काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि भोलि फागुन २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

    नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो। सो निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ।

    राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ता कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

    निर्वाचन कार्यक्रम अनुसार फागुन २४ गते बिहीबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। उक्त निर्वाचनको सिलसिलामा निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची आज सार्वजनिक गरेको छ।

    आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम रहेका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित तीन जना र प्रदेश सभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन।

    उक्त निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान केन्द्र कायम गरिएको छ। संघीय नेपालको तेस्रो राष्ट्रपतिका लागि हुने निर्वाचनमा हालसम्म कुनै राजनीतिक दलले औपचारिकरुपमा उम्मेदवारको घोषणा गरिसकेका छैनन्।

    गणतन्त्र घोषणापछि पहिलो राष्ट्रपति डा रामवरण यादवले आफ्नो भूमिका निर्वाह गरिसकेका छन् भने दोस्रो राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारी हाल कार्यरत छिन्।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…