• मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समिति मोरङले दुई पत्रकार लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै तेस्रो नगर अधिवेशन समापन भएको छ । 
    कलमको माध्यमबाट शैक्षिक, समाजिक, सांस्कृतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका रातोकलम डटकमका प्रधान सम्पादक अर्जुन जम्नेली राई, जमर्को साम्ताहिकका प्रकाशक÷सम्पादक मोहन भट्टराईलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो । 
    सम्मानित पत्रकार भट्टराई नेपाल पत्रकार महासंघ मोरङको कार्यबाहक सभापति र जम्नेली नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय समिति अनुशासन आयोगको प्रमुख तथा सोही संगठनको प्रदेश समितिको पूर्ब अध्यक्ष हुनुहुन्छ । सम्मानित पत्रकार अर्जुन जम्नेली राई प्रदेश सरकारद्वारा नमुना घोषित पञ्चायत माविमा आम सञ्चार बिषयमा अध्यपन गर्दै आउनुभएको छ । 
    प्याब्सन नगर समितिले गत एसइईमा जीपीए—४ ल्याउने सतिश आचार्य, अजय सुब्बा, कक्षा १२ मा नगरलाई सवैभन्दा बढी जीपीए ल्याउने मनिता कार्कीलाई नगरसहित पुरस्कार प्रदान गरेका छन् । तीनै जना विद्यार्थी रेडस्टार बोर्डिङ स्कुलबाट परीक्षा उतिर्ण गरेका हुन् । 
    सम्मेलनको अवसरमा नगरमा लामो समय शिक्षण पेशमा आवद्ध भूपू सैनिक बोर्डिङ स्कुलका लक्ष्मी राना मगर, लामो समय निजी विद्यालयमा कर्मचारीको रुपमा काम गर्नुभएका अन्नपूर्ण बोर्डिङ स्कुलका लेखा शाखा प्रमुख रामचन्द्र राणामगरलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । 
    सम्मानित पुरस्कृत व्यक्तिहरुलाई कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहन तुम्बापो, प्याब्सन नगर अध्यक्ष सुरेन्द्र लिम्बू, प्याब्सन प्रदेश अध्यक्ष टिकाराम ढकाल लगायतको हातबाट सम्मान पत्र र दोसल्ला ओढाउनु भएको थियो । 
    कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापो, नगर शिक्षा विभाग प्रमुख नवीन खुलाल, प्याब्सन प्रदेश अध्यक्ष टिकाराम ढकाल, पञ्चायत माविका प्रधानाध्यापक समेत रहेका शिक्षक महासंघ नगर समिति अध्यक्ष अर्जुन बुढाथोकी, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । 
    नगर सचिव सन्तोष बस्नेतद्वारा सञ्चायत गरिएको उद्घाटन कार्यक्रममा प्याब्सन मोरङ जिल्ला अध्यक्ष प्रेमलाल सिंह सुवाल, प्रदेश समिति सहसचिव नोवलकिशोर खनाल, जिल्ला सल्लाहकार टिकाप्रसाद दंगाल, नगर समिति प्रमुख सल्लाहकार उपेन्द्र कडेल, जेसीज नगर अध्यक्ष राजकुमार तिरुवा लगायतको उपस्थिति रहेको थियो । 
    सम्मेलनबाट नयाँ कार्यसमिति चयन हुने आयोजक समितिको संयोजक सुरेन्द्र लिम्बूले बताउनुभयो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…