• मोरङ । मोरङको पथरीशनिश्चरे सडक खण्डमा १५ दिन भित्र चारवटा सवारी दुघट्ना हुँदा ६ जनाको मृत्यु भएको छ । 
    आज (सोमबार) साँझ करिव ७ बजे पथरीशनिश्चरे सडक खण्डको पथरी पुल पश्चिममा लहरी ट्रकको ठक्करबाट २० बर्षिय युवाको घट्ना स्थलमै मृत्यु भएको छ । 
    मृत्युहुनेमा सुनसरी धरान उपमहानगरपालिका—११ का टार्जन राई रहेको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर खगेन्द्र लिम्बूले जानकारी दिए । 
    पूर्ब गइरहेको प्र. १—०२—०४० प ६०२५ नं.को मोटरसाइकललाई सोही दिशा गइरहेको भारत एम.एल. ०१—एडी—५५११ नं.को ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको टाउको क्षतविक्षत भएर घट्ना स्थलमै मृत्यु भएको थियो । 
    दुर्घट्नामा परेको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मृतकको शव उर्लाबारी मंगलबारेको मदन भण्डारी ट्रमा सेन्टरमा रहेको छ । 

    किन बढ्दैछ दुर्घट्ना
    सडक दुर्घट्ना १५ दिनको असपासमा पथरी बजारमा एउटा र बजार पूर्ब सुनझोडा पुल नजिकै दुई वटा यातायातको साधन दुर्घट्ना हुँदा ६ जनाको मृत्यु भइसकेको छ । हरेक दुर्घट्नामा यात्रीको मृत्यु भएको छ । 
    दुर्घट्ना बढेपछि पथरीशनिश्चरे नगरमा जनप्रतिनिधिहरु, सुरक्षा प्रमुखहरुको बैठक बसेर ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुखलाई परिवर्तन गरिएको थियो । 
    लगातार तीन वडा दुर्घट्ना भएपछि ट्राफिक प्रहरी प्रमुख परिवर्तन गरेर सो स्थानमा बरिष्ठ सई लेखनाथ खनाल ल्याइएको छ । खनाल आएपछि पनि अर्को दुर्घट्नामा एक जनाको ज्यान गएको छ । 
    दुर्घट्ना बढ्नुको कारणहरु मध्ये सडकमा सवारी साधनको अत्याधिक वृद्धि रहेको छ । पछिल्लो समयमा मुख्य सडकमा सवारी साधनको संख्या बढेको छ । 
    पथरीशनिश्चरे सडक खण्डमा अझ दैनिक पाँच सय भन्दा बढी ट्रिपर मात्र कुद्ने गरेको बुझिएको छ । एसियन हाइवे निर्माणको क्रममा छ । सडक निर्माण कम्पनीको ट्रिपर बढी गुड्दा यस क्षेत्रमा सवारी साधनको चाप अन्य क्षेत्रमा भन्दा बढेको छ । चार वटा दुर्घट्नाको स्थिति हेर्दा, यस क्षेत्रमा ट्रिपर साथै अन्य सवारी साधनको बृद्धि, अत्याधिक गति र चालकको लापार्बाही अर्को कारण देखिन्छ । 
    दुर्घट्ना न्युनिकरण गर्न यीनै बिषयहरुमा जनप्रतिनिधि, प्रहरी र स्थानीयबासी लाग्नुपर्ने देखिन्छ । 
     

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…