• मोरङ । मोरङको पथरीशनिश्चरेमा मंसिर ३० गते ख्रीष्टमस शुभकामना सम्मान तथा सागीतिक कार्यक्रम २०८१ हुने भएको छ । 
    पथरीशनिश्चरे नगर इसाई समाजको आयोजनामा पथरीको यलम्बर चोकमा ख्रीष्टमसको शुभकामना सम्मान तथा साँगीतिक कार्यक्रम हुने आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । 
    पथरीको अबिनास मण्डलीमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रम बारे जानकारी गराएको हो । 
    ख्रीष्टमसको अवसरमा हुने कार्यक्रम नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यता रहने आयोजक समितिका अध्यक्ष गोपाल राईले बताए । स्थानीय कलाकारहरुबाट साँगीतिक प्रस्तुती रहने कार्यक्रममा नगरका ११ जना बरिष्ठ र ६० बर्ष पुगेका पास्टरहरुलाई सम्मान गरिने सचिव राजकुमार राईले बताए । कार्यक्रममा धार्मिक प्रवचनसमेत हुने आयोजक समितिले जनाएको छ । 
    पत्रकार सम्मेलनमा आयोजक समितिका उपाध्यक्ष ध्रुवकुमार राई, जोन सुब्बा, पुष्पाकुमारी राई, पासाङ्ग लाक्पा तामाङ, वीरकुमार जबेगु लगायतको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…