• मोरङ । मोरङको पथरीशनिश्चरेमा लाग्ने लिम्बू समुदायको चासोक तङ्नाम कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ४ र ५ का फाइनलिस्ट क्रमस गायक साहिल लिम्बू, नोगन लिम्बू लगायतका कलाकारहरुको उपस्थितिमा सांगीतिक कार्यक्रमहुने भएको छ । 
    कार्यक्रममा याक्थुङ स्टार सिजन १ विजेता अन्जना नाल्बो, गायक भिम लिम्बू, रुक्मान लिम्बू लगायतको गायक कलाकार आउने भएका छन् । 
    पथरीशनिश्चरे स्थित सिरिजंङ्गा स्मृति धार्मिक वनमा मंसिर २९ गतेदेखि तीन दिनसम्म चासोक तङ्नाम कार्यक्रमहुने आयोजक समितिले आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । 
    कार्यक्रम समापनको साँझ पुस २ गते अन्जना नाल्बो, याक्थुड स्टार सिजन १ सेकण्ड रनरअप गायक आईतहाङ चोडवाङ लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समितिका अध्यक्ष विक्रम लिम्बूले बताए । 
    त्यसैगरी चर्चित हास्य कलाकार लक्छना राई (थसुली) र जसु राईको आउने कार्यक्रमरहेको उपाध्यक्ष गणेश थक्लुङ लिम्बूले बताए । 

    प्रदेश स्तरीय भलिबल हुने
    चासोकको अवसरमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुनेभएको छ । क्रमस ६०, ४० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार रहेको प्रतियोगितामा आठ वटा टिम उपस्थित हुने आयोजक समितिले जनाएको छ । 
    भलिबलमा खोटाङको साकेला गाउँपालिका, झापाको बिर्तामोड भलिभल टिम, मोरङको बिराटनगर रानी, बेलबारी, उर्लाबारी, सयपत्री बेलबारी, अरणोदय बोर्डिङ स्कुल पथरीशनिश्चरे र एम.एल.मोरङवीच प्रतियोािगताहुने आयोजक समितिले जनाएको छ । 
    कार्यक्रममा पक्लुङ, लेप्मा (घेलो) हप्रिडलक्मा (लडजम) लितोड आप्मा (धनुषकाण हनाई) इड्या थक्मा (भाले जुधाई) थाक्पा उम्मा (डोरी तनाई), नाउका पिङ लगायतको खेल हुने अशोक नाल्बोले बताए । उधौली पूजा र अक्षेता भेटी संकलन, प्रसाद वितरण लगायतको कार्यक्रम रहेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …

मोरङ । लोकसागर साम्बा मोरङको पथरीमा भएको सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) प्रतियोगित…

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित सिरिजङ्गा धार्मिक वनको सभा हलमा बुधबार भक्तराज कन्दङ्वाको स्मृति सभा सभ…