• भूमिप्रसाद पाठक

    निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
    आज आईतबार वडा नम्बर- १ मा रहेको उक्त सेलुनको रिबन काटेर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत र उपाध्यक्ष रवीन्द्रकुमार राई , लाईन्स क्लब अफ पथरिशनिश्चरेका अध्यक्ष तथा पथरिशनिश्चरे नगरका स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो। 
    वडा नं १ का भीमकुमार  राईले प्रमुख अतिथिको तर्फबाट ८ अंक अंकित केक काट्नु भएको थियो  ।   उक्त अवसरमा वडाध्यक्ष भीमकुमार राई र उद्योग वाणिज्य सङ्घका अध्यक्ष बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो।  निल डेभिड हेयर  एण्ड  व्युटी सेलुनकी संचालिका मिरा बस्नेतले ८ वर्ष अघि स्थापनाकालमा   २५ लाख रुपैयाँ बराबरको लागतमा महिला तथा पुरुषहरुका लागि खोलिएको उक्त सेलुनबाट ३ सय बढी युवा युवतीहरुलाई व्यवसायिक तालिम प्रदान गरिएको बताउनुभयो।हाल दमक, उर्लाबारी र पथरी वजारमा उक्त सेलुन खोलेर १५ जनालाई रोजगारी दिई रहेको बताउनुभएको थियो। नेपालमा ४५ वटा शाखाहरू रहेका छन् भने ८२ वटा विश्वका विभिन्न देशहरूमा शाखा रहेकाे पनि संचालिका बस्नेतले बताउनुभयो। यहाँ महिलाहरूको व्युटी पार्लर  र पुरूषहरूको हेयर कटिङ्ग दक्ष कामदारबाट हुँदै आएको छ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…