‘काफल गेडी कुटुक्कै खाउला घुटुक्कै..., यो चर्चित गीतका गायक महेश बुढाथोकीको ’रामसाईली...’ गीतको म्युजिक भिडियो युवा पत्रकार ईश्वर दुलालले गर्ने भएका छन् ।
एक समय यस्तो थियो पूर्बेली भाकाको ‘काफल गेडी कुटुक्कै खाउला घुटुक्कै..., गीत नसुन्ने र नगाउँने दर्शक÷श्रोता कमै भेटिन्थे ।
लोकप्रिय गीतका गायक बुढाथोकीको नयाँ गीत रामसाइली भने मगर समुदायको सांस्कृति हुर्रा लयमा रहेको छ ।
गीतको म्युजिक भिडियो मोरङ पथरीशनिश्चरेका युवा पत्रकार ईश्वर दुलालले गर्ने भएका छन् । दुलालले यस अघि दर्जन बढी म्युजिक भिडियोको सहायक निर्देशकको रूपमा काम गरेको अनुभव छ । दुलालले यो गीतबाट देब्यु गर्दै निर्देशन कौशल प्रस्तुत गर्ने भएकाहुन् ।
दुलालले भने ’रामसाईली’मा राम्रो मेहनत गर्नेछु । म्युजिक भिडियोलाई सांस्कृतिक मौलिकता र आधुनिक प्रस्तुतिको राम्रो सन्तुलनमा बगाउने प्रयास गरिरहेको छु ।
गीत मगर समुदायका मौलिक संस्कृति, भेषभूषा र परम्पराहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिने छ । ‘रामसाईली’बाट निर्देशक कलामा नयाँ मोड लिने अपेक्षासहित मेहनत गर्ने दुलालको भनाइ छ ।
रामसाईली गीतको कथा निर्देशक तयार पारिसकेको बताए । नेपाल पत्रकार महासंघ मोरङको जिल्ला सदस्यसमेत रहेका दुलालले माघे सङ्क्रान्तिसँगै बजारमा आउने गरी छायाँङ्कन भइरहेको बताए । भिडियो मोरङ लगायत सुन्दर स्थानहरुमा छायंकन भइरहेको बताए ।