मोरङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा नेपालले शनिबार भएको ताप्लेजुङ गोली काण्डको विरोध गरेको छ ।
मोर्चाको केन्द्रीय संयोजक सुनिता किरातीले आइतबार विज्ञप्ति प्रकाशन गरेर आन्दोलनकारीलाई गोली हानेको प्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।
शनिबार (माघ १२) गते साँझ ताप्लेजुङमा शसस्त्र प्रहरीले गोली चलाउदा ४ जनालाई गोली लागि गम्भीर घाइते भएका छन् ।
प्रहरीको गोली लागि घाइते मध्ये सगुन लावतीको छातीमा, याम लिम्बूको तिग्रामा वारपार छेडिनुको साथै धर्मान पालुङ्वाको कुमको हड्डी भाँचिएको छ । घाइते तीनै जनाको काठमाडौंको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
घट्नामा घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै जनताको चाहाना विपरित केवलकार तुरुन्त खारेजी गर्न विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति