• मोरङ । मुक्कुमलुङ/पाथीभरा संरक्षण समितिको सहजीकरण समिति र सरकारी वार्ता टोलीसँग कुरा नमिलेपछि एसियन हाइवे लगायत ९ जिल्लाको यातायात बन्द निरन्तर हुनेभएको छ । 
    सरकारी वार्ता टोलीको संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई र मुक्कुमलुङ संरक्षण समितिका सहजीकरण समितिका संयोजक अमर तुम्याहाङको टोली सोमबार साँझ राजधानी काठमाडौंको होटल हिमालयनमा वार्ताको लागि पूर्ब सर्तहरु प्रस्तुत भएको थियो । 
    सहजीकरण समितिले मुक्कुमलुङ÷पाथिभराबाट प्रहरी फिर्ता हुनुपर्ने, केवलकारको काम बन्द हुनुपर्ने, पक्राउ परेका सम्पूर्ण बन्दी रिहाइ हुनुपर्ने सर्त राखेका थिए । 
    वार्तामा सरकारी टोलीले बन्दीहरु रिहाइ गर्ने भनेपनि प्रहरी फिर्ता र केवलकार निर्माण बन्द गर्ने कुरा नमिलेपछि भोली (माघ २२)मा फेरी बस्ने गरी छुटेको सहजीकरण समितिको संयोजक अमर तुम्याहाङले बताए । आज कुरा नमिलेपछि यातायात बन्द निरन्तर हुने निर्णय भएको किरात याक्थुङ चुम्लुङका संघयि अध्यक्ष प्रेम एक्तेनले बताए । 
    केवलकार खारेजी नभएसम्म बन्दलाई थप शसक्त बनाउने, चन्द्र ढकाल नेतृत्वको जीबीआईएमई बैंकको कार्यालय केन्द्रित कार्यक्रम गर्ने, केही दिनपछि विद्यालय र आमहड्तालसम्म पुग्ने छलफल भएको बैठकमा सहभागी जसपाका केन्द्रीय नेता रमेश राईले बताए । 
    माग पुरा नभए माघ २२ गतेदेखि आम हड्तालको घोषणा भएपनि तात्काल यातायात बन्दलाई निरन्तर दिने बताइएको छ । आन्दोलनमा ११ वटा सामाजिक र ९ वटा राजनीतिक संगठनहरु सहभागी रहेका छन् । 
    संघर्ष समितिको तर्फबाट संयोजक अमर तुम्याहाङ सदस्यमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) वार्तामा बसेका थिए । 
     

सम्वन्धित समाचार

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …