• मोरङ । नेकपा (माओवादी केन्द्र) मोरङ पथरीशनिश्चरे नगर समितिको आज भएको दोस्रो अधिवेशनले पुन गोबिन्द कटुवालको अध्यक्षतामा ४५ सदस्यीय समिति सर्वसहमत निर्वाचित भएको छ । 
    समितिको उपाध्यक्षमा रबिन्द्रकुमार राई, अनिता राई, सुमन वनेम लिम्बू, सचिवमा राजकुमार विश्वकर्मा, सहसचिवमा बर्षा भण्डारी (बिमाला), कोषाध्यक्ष ध्रुवकुमार बराइली सर्वसहमत चयन भएका छन् । 
    सदस्यहरुमा प्रेम ढकाल, मदन पोख्रेल, मान दियाली, पदमबहादुर गुरुङ, भीमकुमार राई, युवराज चौलागाइ, तुलशी लुनिया, ढुण्डीराज खतिवडा, वीरबहादर तिम्सिना, गयादेवि कविरथ मण्डल, डिल्लीराम चौलागाई, चन्द्रप्रसाद अधिकारी रहेका छन् । 
    त्यसैगरी लेखनाथ लुइटेल, छविलाल चौधरी, अर्जुन राय अमात, मुक्तीप्रसाद खतिवडा, हेमराज लामिछाने, सीताकुमारी राई, दिलु मगर, मानबहादुर दर्जी, हिराकुमारी सुस्लीङ मगर सदस्य रहेका छन् । 
    सदस्यमा ज्ञानुकुमारी मगर, डिगबहादुर लामिछाने, टिकाराम सुबेदी, बुद्ध बल लिम्बू(अनिल), ओमप्रसाद राई, मानबहादुर बस्नेत, कैलाश राई, कर्मबहादुर तामाङ, दीपेस राई, ईश्वर चौहान, निरन्जन मण्डल, टंकनाथ राई, राजु सिजाली मगर, लाक्पा तामाङ, मनोज राई र लोकबहादुर तामाङ सर्वसहमत चयन भएका छन् । 
    प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)को प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा सचिव गणेश उप्रेती, केन्द्रीय सदस्य गीता तिम्सिना, लालबहादुर शुस्लिङ मगर लगायतले शुभकामना दिएका थिए । 
    बालकुमार मगर अध्यक्ष मण्डलको अध्यक्ष रहेको र धनश्याम ढकालको निर्वाचन समितिले चलाएको बन्द सत्रबाट नयाँ समितिको सर्बसहमत चयन भएको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…