मोरङ । पूर्ब प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फागुन १३ गते मोरङको कानेपोखरी आउने भएका छन् ।
पार्टीलाई २०६४ सालको हैसियतमा पु¥याउने लक्षको साथ पार्टी नेता कार्यकर्ताहरु सक्रिय भएका छन् । पार्टी क्रियाशिल गराउने क्रममा अध्यक्ष प्रचण्ड १३ गते कानेपोखरीको रमाइलो बजार आउने कार्यक्रम रहेको केन्द्रीय सदस्य समेत रहेका मोरङ जिल्ला ईन्चार्ज कुलप्रसाद साम्बाले बताए ।
कार्यक्रमलाई भव्य बनाउन केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कुलप्रसाद साम्बा (कुशल), केस तथा संविधानसभा सदस्य लालबहादुर शुस्लिङ मगर, केस तथा प्रदेश सभा सदस्य गीता तिम्सिनालाई फिल्डमा खटाएको छ ।
केन्द्रीय सदस्यहरु सो कार्यक्रमलाई प्रभावकारी र भव्य बनाउन कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी लगायतका छिमेकी पालिकाहरुमा समेत खटिरहेका छन् ।
अध्यक्ष प्रचण्डसँगै महासचिव देव गुरुङ लगायतको केन्द्रीय टोली कानेपाखरी आउने कार्यक्रम रहेको केन्द्रीय सदस्य गीता तिम्सिनाले बताए ।
माओवादी पार्टी केन्द्रीय समितिले फागुन १२ गतेदेखि ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’ सञ्चालन गर्दैछ । झापाको कचनकवलबाट सुरुहुने अभियान हुलाकी राजमार्ग भई कञ्चनपुरमा पुगेर समापन हुने सो पार्टीले जनाएको छ ।