मोरङ । मोरङको लेटाङ—९, जाँतेमा आदिबासी जनजाति अधिकारसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम समापन भएको छ ।
नेपाल आदिबासी जनजाति महासंघ लेटाङ—९, नं. वडा समितिका अध्यक्ष शान्तामाया राईको सभापतित्वमा प्रमुख अतिथि वडा अध्यक्ष नन्दप्रसाद खतिवडाले कार्यक्रमको शुभकामना दिएका थिए ।
उद्घाटन कार्यक्रममा लेटाङ नगरका कार्यपालिका सदस्य ओमप्रकाश विश्वकर्मा, वडा सदस्य कमला राई, गोपाल मगर लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ वडा समितिका शन्तबहादुर लिम्बू, किरात राई यायोक्खाका शन्त राई, नेपाल मगर संघका नारायणकुमार मगर लगायतको उपस्थिति रहेका थिए ।
फागुन ८ र ९ गते भएको कार्यक्रममा फोनिज संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राईले सहजीकरण गरेका थिए । किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव समेत रहेका राईले कार्यक्रममा आदिबासी जनजातिको अर्थ र परिभाषा, धार्मिक, सांस्कृतिक, आर्थिक राजनीतिक अवस्था, अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)ं—१६९ बारे जानकारी गराइएका थिए ।
कार्यक्रममा देश, राष्ट्र, जात, जातिको अर्थ, समावेशी÷समानुतातिक राज्य व्यवस्था बारेमा उपस्थिति ५० जना सहभागिलाई जानकारी गराइएको आयोजक समितिका अध्यक्ष शान्तमाया राईले बताए ।