• मोरङ । नेकपा (माओवादी केन्द्र)ंले आज जेठ देखि ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’ झापाको कचनकवलबाट सुरु भएको छ ।
    पार्टी अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, अग्नि साप्कोटा, महासचिव देव गुरुङ, उपमहासचिवहरु बर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत लगायतका शीर्ष नेताहरु अभियानमा रहेका छन् । 
    जनताको घरमा बस्ने, समस्याको साथै दुःख सुःखका कुरा सुन्ने, सुझाव संकलन गर्ने र जनतासँग नयाँ ढंगको सम्बन्ब विस्तारगर्दै आगामी निर्वाचनमा पार्टीलाई २०६४ सालको हैसियतमा पु¥याउने लक्षको साथ अभियान सुरु भएको सो संगठनले जनाएको छ । 
    अध्यक्ष प्रचण्डले विहान नेपालकै होचो भूभाग कचनकवल पोखरीमा राष्ट्रिय झण्डोतलान गर्नुभएको थियो । त्यसपछि हुकाहुकी चोकबाट अभियानको औपचारिक उद्घाटन गर्नुभएको थियो । 
    उद्घाटन कार्यक्रममा बोल्नै अध्यक्ष प्रचण्डले कोच, मधेशी, थारु, मुस्लिम समुदायसँग सम्बन्ध विस्तार गर्न अभियान सुरु गरिएको बताउनुभयो । 
    अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्ट्राचार विरुद्ध, सुशासन र सामाजिक न्यायको पक्षमा काम गर्दैगर्दा बिचौलिया र भ्रष्टहरुले रातारात सरकार परिवर्तनको नाटक रचेको बताउनुभयो । केपी ओली नेतृत्वको सरकार असंवैधानिक र लोकतन्त्र विरोधी भएको समेत बताउनुभयो ।  
    गणतान्त्रिक परिवर्तनमाथि प्रस्न उठाउन, संविधान च्यात्न प्रयास भइरहेको भन्दै वीरता र बलिदानको किर्तिमानबाट परिवर्तन गरिएको कारण कुनै हालतमा देश पछिनहट्ने बताउनुभयो ।
    भोली मोरङको कानेपोखरी लगायतको विभिन्न स्थानमा सहभागीहुने कार्यक्रम रहेको माओवादी केन्द्र प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्बाङले बताउनुभयो ।   
     

सम्वन्धित समाचार

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…

मोरङ । मुक्कुमलुङमा नो केवलकार आन्दोलनको क्रममा प्रहरीले छातिमा गोली हानेर घायते बनाएका सगुन लाओतीसहित …

मोरङ । संघीय गणतन्त्र रक्षाको लागि पहिचानवादी शक्तिले एक लाख युवा तयार गनुपर्ने प्रस्ताव भएको छ ।  क…

मोरङ । कोशी नाम खारेजी आन्दोलनका प्रथम सहिद पदमकुमार लिम्बू –लाजेहाङ)को भोली (फागुन १०) स्मृति सभ…