• मोरङ । पूर्ब प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)ंका अध्यक्ष पुष्पकमाल दाहाल .(प्रचण्ड)ंले ताप्लेजुङको मुक्कुमलुङ÷पाथीभरामा केवलकार निर्माणमा वर्तमान सरकार सञ्चालकको ठूलै शेयर भएको बताएका छन् । 
    मोरङको कानेपोखरी स्थित रमाइलो बजारमा मंगलबार आयोजित पार्टी प्रवेश तथा पालिकाको दोस्रो सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । 
    नाम उच्चारण नगरेपनि केवलकार निर्माणमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई इङ्गित गर्ने सरकारमा रहेका व्यक्तिहरुको ठूलै हिस्साको शेयर रहेको सुनेको अध्यक्ष प्रचण्डको भनाइ थियो । त्यसकारण सरकार जनता मारेर भएपनि केवलकार बनाइ छाड्ने योजना हुनसक्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । 
    खबरदा भन्दै अध्यक्ष प्रचण्डले जनताको चाहाना विपरित जवरजस्ति गरिए पार्टी देशभर आन्दोलनमा जानसक्ने चेतवनी दिएका छन् । आन्दोलनमा लागेका जनताको टाउकोमा लाठी नहान्न आग्रह गर्दै भिड्न नचाहेपनि सरकारले लगाएपछि प्रहरी आन्दोलनकारीसँग भिड्नु र घाइते हुनुपरिरहेको पूर्ब प्रधानमन्त्री प्रचण्डले बताए । 
    मुक्कुमलुङ सांस्कृतिक तथा भावना र पहिचानको आन्दोलन बल प्रयोग नगरी वार्ता, संवादको माध्यमबाट समाधान गर्नुपर्ने बताए । १० बर्षे जनयुद्ध त वार्ताबाट समाधान भए मुक्कुमलुङ किन नहुने ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…