• मोरङ । गाउँपालिकाको कार्यालय स्थानतरन हुनुहुदैन भन्ने पक्षले सर्वोच अदालतमा मुद्दा हाल्ने हल्लाले कानेपोखरी गाउँ पालिकाको कार्यालय रातारात सारेका छन् । 
    कानेपोखरी गाउँ पालिकाको अध्यक्ष राजमती इङ्नामको नेतृत्वमा मंगलबार वडा नं। ५ को वडा कार्यालयमा सारेका हुन । अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगाएतका कार्यालयको सोफा, दराज, टेबल र कुर्सी मंगलबार नै सारेका छन् । पालिकाले मंलबार नै एउटा सूचना निकाल्दै पालिका वडा नं। ५ को वडा कार्यालयमा सर्ने जानकारी गराएका थिए ।
    मुद्दा पर्ने भनेर सोमबार साँझ पालिका अध्यक्षले थाहापाएका थिए । मुद्दा पर्ने थाहा पाएपछि राती नै सार्ने कुरो भएपनि सल्लाह बमोजिम भोलिपल्ट मंगलबार कार्यापालिकाको बैठक बसी सार्ने निर्णय गरी सूचना निकाल्दै सारेका थिए । 
    आज बुधबार सार्वजनिक विदाको दिन वडा नं। ५ को वडा कार्यालयमा पालिकाको कार्यालय भव्य उद्घाटन रहेको छ ।
    पालिका सार्ने स्थान र ५ नं। वडा कार्यालय लगभग ३ किलोमिटरको दुरीमा छ । पालिका सार्ने स्थानमा अहिले पालिकाको भवन बनेको छैन । पालिकाको केन्द्र बन्ने जग्गा पनि विवादमा रहेको छ ।
    नेकपा एमाले भित्र पनि गाउँपालिकाको कार्यालय सार्ने विषयमा विगत देखिनै दुईमत थियो । विभिन्न राजनीतिक दलमा पनि दुईमत छन् । तर यस पटक भने सर्वोचमा मुद्दा हाल्ने काममा एमाले संलग्न नरहेको एमाले नेताहरु बताउँछन् । 
    पालिकाको कार्यालय सार्ने विषयमा विगतमा गाउँ कार्यापालिकाको दुईतिहाई बहुमतले निर्णय गरेर अघि बढेका थिए । पालिका भौसावारी सार्ने विषयमा मन्त्रिपरिषदको निर्णय हुँदै राजपत्रमा प्रकाशित भैसकेको छ ।
    स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकी राज मतिइङनामले प्रशासनिक भवनपायक पर्ने स्थानभौसबारीमा सार्ने प्रतिवद्धता जनाएकी थिइन्। त्यसपछि २०८० बैशाख १७ गतेको गाउँसभाले मतदान गरी गाउँपालिकाको केन्द्र सार्ने प्रस्ताव पारित गरेको थियो।
    त्यसपछि पालिकाले कार्यालय सार्नका लागि मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । गत पुस १६ गतेको बसेको मन्त्रीपरिषद् बैठकले कार्यालय सार्न स्वीकृत दिने निर्णय गरेको थियो। जसको सूचना माघ ७ गते राजपत्रमा प्रकाशित भयो।
    फागुन १३ गते बसेको कार्यपालिका बैठक फागुन १५ गते बिहीबारबाट कानेपोखरी गाउँ कार्यपालिकाको कार्यालयबाट प्रवाहहुने सेवाहरु अर्को व्यवस्था नभएसम्म तत्कालका लागि कानेपोखरी गाउँपालिका ५ भौसाबारी स्थित ५ नम्बर वडा कार्यालयको भवनबाट प्रवाह गर्ने निर्णय गरेको हो ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…