• मोरङ । विभिन्न विद्यार्थीहरुलाई सम्मान, नृत्य, गीत, ¥याम्प लगायतको कला प्रदर्शन गर्दै मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलले सुक्रबार भव्य कार्यक्रमको आयोजना गरी २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । 
    दिवसको अवसरमा विद्यालयबाट २०५८ र ०५९ मा एसइई पास गरेका ४४ जना विद्यार्थीहरुलाई सम्मान गरेका थिए । वाल्मीकिको सञ्चालकसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नोवल किशोर खनालले प्रगति प्रतिवेदन तथा भावि योजना प्रस्तुत गर्नुभएको थियो । 
    विद्यार्थीहरुले नृत्य, गीत, वतृत्व कला तथा विभिन्न जातजातिका भेषभुषामा विद्यार्थीहरुलाई ¥याम्पमा उतारिएको थियो । 
    पथरीशनिश्चरे नगरका शिक्षा विभाग प्रमुख नवीन खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयले गत शैक्षिक सत्रमा कक्षा नर्सरीदेखि ११ सम्म प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । 
    स्कुलको शिक्षक अभिभावक संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर प्यब्सनका अध्यक्ष सन्तोष बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, नगर शिक्षा समितिका सदस्य पर्शु मिश्र, सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको प्रिन्सिपल चन्द्रप्रसाद दुलालले बताउनु भयो । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…