• मोरङ । कोशी नाम राखिएको दिनलाई प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले अध्यारो दिन (डार्क डे) मनाउदै प्रदेशभर विरोध प्रदर्शन गरेको छ ।  
    २०७९ फागुन १७ गते प्रदेश सभाले प्रदेशको नाम कोशी राखेको थियो । नाम राखिएकै दिनबाट कोशी नाम खारेजी आन्दोलनमा रहेको संयुक्त संघर्ष समितिले गत बर्ष फागुन १७ लाई अध्यारो दिनको रुपमा विरोध प्रदर्शन गरेका थिए । 
    फागुन १७ गते कोशी नाम राखिएको २ बर्ष पुगेको छ । मोरङको पथरी बजारमा भेला भएका पहिचान पक्षधरले कोशी नाम खारेज गर, कोशी नाम मान्दैनौ, वीर सहिद लागेहाङ—अमर रहुन, मुक्कुमलुङमा केवलकार—खारेज गर, गृहमन्त्री रमेश लेखक—राजिनाम दे, प्रहरी दमन—बन्द गर लगायतको नारा लगाएका थिए । 
    प्लेकार्ड र कालो व्यानरसहित निस्केका आन्दोलनकारीले विरोध प्रदर्शनसँगै आयोजित कोणसभामा आन्दोलनसम्बन्धी विचार राखेका थिए । रामभक्त कुरुम्बाङको नेतृत्वमा भएको सभामा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, पहिचानवादी मोर्चाका नेता केदार धिमाल, नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य प्रेम मिभक (दृष्टि), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय सहसचिव सागर केरुङ, बलराम सदा, जसपा नेपालका शान्त मोक्तान, जसपाका अमिर मगर लगायतले सम्बोधन गरेका थिए । 
    वक्ताहरुले गृहमन्त्रीको राजिनाम माग्नुको साथै ताप्लेजुङका सीडीओ नेत्रप्रसाद शर्मा र जनपद प्रहरी प्रमुख डीएसपी रबि रावले फागुन १० गते फुङलिङ बजारमा मानवता विरोधी अपराध गरेको बताएका छन् । 
    सुतिरहेको घरमा गएर झ्याल, ढोका फोरेर, पक्रेर मानिसको हातखुट्टा भाँच्ने, प्रहरी लगाएर अपराध लुकाउन सीसी क्यामरा तोडफोड गर्ने जस्तो कार्य मानवता विरोधी अपराध भएकोले अनुसन्धान गरेर कारबाही गर्नु पर्ने बताए । 
    फुङलिङ्ग स्थित योगेश भट्टराईको दाई मातृका भट्टराईको घरको छतबाट आन्दोलनकारीलाई ढुङ्गा तथा पेट्रोल छर्किको पुल्ठोमा आगो लगाएर हानेको बताए । प्रहरीले बाल्टीनमा ढुङ्गा बोकेर आन्दोलनकारी माथि प्रहार भएको वक्ताहरुको भनाई थियो । 
    अध्यारो दिन झापाको विर्तामोड, धनकुटाको सदरमुकाम लगायत १४ जिल्लामा विरोध प्रदर्शन भएको प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिको सदस्य डकेन्द्रसिंह थेगिमले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…