मोरङ । कोशी नाम खारेजी आन्दोलनका प्रथम सहिद पदमकुमार लिम्बू –लाजेहाङ)को भोली (फागुन १०) स्मृति सभा हुने भएको छ । 
प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समिति र सहिद लाजेहाङ पदमकुमार लिम्बू स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा मोरङको बेलबारी—३ स्थित समाधि स्तलमा हुने भएको छ । 
स्मृति सभामा आन्दोलनरत संगठनहरु पहिचानसहितको प्रदेश नं. १ पुन नामकरण अभियान समितिका संयोजक डकेन्दंसिंह थेगिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक), नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा लगायतका शीर्ष नेताहरु आउने कार्यक्रम रहेको छ । 
कार्यक्रममा झापा, मोरङ र सुनसरी लगायतबाट सहभागीहुने आयोजक समितिले जनाएका छन् । 
लाजेहाङको २०७९ चैत्र ५ गतेको विराटनगरमा भएको प्रहरीसँगको झडप घाइते भएका थिए । उपचारको क्रममा चैत्र १० गते साहदत भएका थिए । लाजेहाङाई तत्कालीन प्रचण्ड नेतृत्वको संघीय सरकारले सहिद घोषणा गरेको थियो । 
लाजेहाङ कोशी नाम खारेजीको पहिलो सहित हुन् । लाजेहाङको समाधि स्थल बेलबारी—३ मा स्मृति सभा हुँदैछ । उक्त सभामा मोरङ, झापा र सुनसरी लगायतबाट सहभागी हुने डीबी कुरुम्बाङले बताए । सो स्थानमा पहिचान आन्दोलनको प्रथम सहिद लाजेहाङको पक्कि समाधि स्थल बनाइएको छ । 
 
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        