• मोरङ । संघीय गणतन्त्र रक्षाको लागि पहिचानवादी शक्तिले एक लाख युवा तयार गनुपर्ने प्रस्ताव भएको छ । 
    कोशी नाम खारेजी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङं)को आज मोरङ बेलबारीमा आयोजित दोस्रो स्मृति सभामा बाल्दै पहिचानवादी नेताहरुले सो कुरा बताएका हुन् । 
    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन (मिराक)ंले कांग्रेस, एमालेका केही नेता, कार्यकर्ताहरु समेत लागेर संघीय गणतन्त्र विरुद्ध लाग्ने अवस्था आए संघीय गणतन्त्र रक्षाको लागि पहिचानवादी मोर्चाले एक लाख युवा काठमाडौंमा उतार्न तयार हुनुपर्ने बताए । 
    कोशी नाम खारेजी नभएसम्म आन्दोलन जारी रहने वक्ताहरुले बताए । कार्यक्रममा पहिचानवादी नेताहरु डकेन्द्रसिंह थेगिम, तिलकप्रसाद राई, निरन्ति तुम्बापो, केपी पालुङ्वा, जसपा नेपालका शान्ता मोक्तान, जसपाका तेजनारायण चौधरी, केदार धिमाल, रामभक्त कुरुम्बाङ लगायतले कोशी खारेजी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ)को योगदान र पहिचान आन्दोलनबारे विचार व्यक्त गरेका थिए । 
    कार्यक्रममा लाजेहाङको आमा धनमाया लिम्बू, दिदी, छोरा विश्व लिम्बू लगायतको उपस्थिति रहेको थियो । 
    प्रदेश न. १ पुनः नामरकण संयुक्त संघर्ष समिति मोरङका सहसंयोजक डीबी कुरुम्बाङको सभापतित्वमा भएको कार्यक्रममा लाजेहाङको पक्कि समाधि स्थालमा फूलमाला चढाउनुको साथै वत्ति वालिएको थियो । 

    लाजेहाङको समाधि


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …