• मोरङ । संघीय गणतन्त्र रक्षाको लागि पहिचानवादी शक्तिले एक लाख युवा तयार गनुपर्ने प्रस्ताव भएको छ । 
    कोशी नाम खारेजी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङं)को आज मोरङ बेलबारीमा आयोजित दोस्रो स्मृति सभामा बाल्दै पहिचानवादी नेताहरुले सो कुरा बताएका हुन् । 
    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन (मिराक)ंले कांग्रेस, एमालेका केही नेता, कार्यकर्ताहरु समेत लागेर संघीय गणतन्त्र विरुद्ध लाग्ने अवस्था आए संघीय गणतन्त्र रक्षाको लागि पहिचानवादी मोर्चाले एक लाख युवा काठमाडौंमा उतार्न तयार हुनुपर्ने बताए । 
    कोशी नाम खारेजी नभएसम्म आन्दोलन जारी रहने वक्ताहरुले बताए । कार्यक्रममा पहिचानवादी नेताहरु डकेन्द्रसिंह थेगिम, तिलकप्रसाद राई, निरन्ति तुम्बापो, केपी पालुङ्वा, जसपा नेपालका शान्ता मोक्तान, जसपाका तेजनारायण चौधरी, केदार धिमाल, रामभक्त कुरुम्बाङ लगायतले कोशी खारेजी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ)को योगदान र पहिचान आन्दोलनबारे विचार व्यक्त गरेका थिए । 
    कार्यक्रममा लाजेहाङको आमा धनमाया लिम्बू, दिदी, छोरा विश्व लिम्बू लगायतको उपस्थिति रहेको थियो । 
    प्रदेश न. १ पुनः नामरकण संयुक्त संघर्ष समिति मोरङका सहसंयोजक डीबी कुरुम्बाङको सभापतित्वमा भएको कार्यक्रममा लाजेहाङको पक्कि समाधि स्थालमा फूलमाला चढाउनुको साथै वत्ति वालिएको थियो । 

    लाजेहाङको समाधि


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…