• मोरङ । मुक्कुमलुङमा नो केवलकार आन्दोलनको क्रममा प्रहरीले छातिमा गोली हानेर घायते बनाएका सगुन लाओतीसहित दुई जना सम्मानित भएका छन् । 
    पहिचान सहितको प्रदेश नं. १ पुन नामाङकन अभियान समिति मिक्लाजुङ पाँचथर गाउँ समितिले सांस्कृतिक योद्धाको रुपमा ताम्रापत्र र नगदले सम्मान गरेको हो । 
    नो केवलकार आन्दोलनको क्रममा सगुन लाओतीलाई २०८१ माघ १२ गते मुक्कुमलुङ बलुडाँडामा प्रहरीले चलाएको गोली छाँतिमा लागेर गम्भीर घाइते भएका थिए । घाइते लाओतीको धरानको वीपी अस्पताल, विराटनगरको नोबेलमा उपचार संभव नभएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भएको थियो । 
    वाओतीलाई सांस्कृतिक योद्धाको उपमा दिदै ताम्रापत्र र नगदले सम्मान गरेका छन् । अभियान समिति, किरात याक्थुङ पापोहाङ सयङ लगायतबाट डेढा लाख बढी नगद प्रदान गरेका थिए । सगुन लाओतीसँगै घाइते भएका मंगोल लाओतीलाई समेत नगद तथा ताम्रा पत्र प्रदान गरिएको थियो । 
    ताम्रापत्र कार्यक्रमको प्रमुख अतिथि पहिचान सहितको प्रदेश नं. १ पुन नामाङकन अभियान समितिको केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमको हातबाट प्रदान गरिएको थियो । कार्यक्रममा दुबै घाइतेका आमा, आपा उपस्थिति थिए । सम्मान पत्र जनमुक्ति पार्टी पापोहाङ सयङ लगायतबाट पनि प्रदान भएको थियो । 
    कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन .(मिराक)ं, किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका उपमहासचिव अर्जुन जम्नेली राई, नेपाल जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त लिम्बू, संविधान सभा सदस्य राजकुमार नाल्बो, पहिचानवादी मोर्चाका केन्द्रीय सदस्य केदार धिमाल, नेपाल आदिबासी जनजाति महासंघ पाँचथरका अध्यक्ष सागर केरुङ लगायतले विचार राखेका थिए । 
    आयोजक संस्थाका अध्यक्ष पूर्ण लाओतीको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले मुक्कुमलुङमा केवलकार, प्रदेशको नाम कोशी खारेजी नभएसम्म आन्दोलन जारी रहने बताए । 
    चन्द्र ढकालको हण्डि खाएका प्रधानमन्त्री केपी ओली र सांसद योगेश भट्टराईले मानिसलाई गोली प्रहार गरेर मार्न चाहेपनि आन्दोलन नरोकिने बताए । पहिचानवादी सँधै संघीय गणतन्त्रको पक्षमा रहने बताउदै चैत्र २४ गतेदेखि हुने आम हड्ताको कार्यक्रम सफल बनाउन लाग्नुपर्ने बताए । 
     

सम्वन्धित समाचार

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको ‘प्रथम पथरीशनिश्चरे पञ्जा …