• मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई यायोक्खा जवाफदेही नभएको सस्थाले जनाएको छ ।

    साल्पा सिलिचुङमा केही बर्ष अघिदेखि किरात राई समुदायको सांस्कृतिक झल्किने मूर्ती लगायतको संरचना बनिरहेको छ ।

    सो निर्माण कार्यमा  निर्माण पक्षले सुरुदेखि नै यायोक्खासँग समन्वय र सहकार्य गरेको थिएन । पछिल्लो समयमा भौतिक संरचनाको नाममा संकलित रकम पारदर्शीता नभएको सामाजिक सन्जालहरुमा आइरहेका छन ।

    सामाजिक सन्जालमा सिलिचुङमा निर्मित संरचनाहरुसँग यायोक्खालाई जोडेर प्रस्नहरु उठाउन थालिएपछि संस्थागत धारणा सार्वजनिक गरेको हो ।

    अध्यक्ष जीवन हाताचो राईको अध्यक्षतामा फागुन ७ गते बसेको बैठले यस्तो निर्णय गरेको छ ।

    "साल्पा सिलिचुङ समितिले किरायाको नेतृत्व बिरूद्द नकारात्मक प्रहार भईरहेकोले साल्पा सिलिचुङमा निर्मित भौतिक संरचना निर्माण र आर्थिक बारे किरायाको संलग्नता नरहेको र किराया कुनै जवाफदेयी नरहने र उत्त संस्थाले आफुखुशी सुम्निमा पारूहाङको काल्पनिक मूर्ति निर्माण गरेकोले किरायाले अपनत्व ग्रहण  गर्न नसक्ने निर्णयलाई यायोक्खा मातहतको सबै निकाएलाई पत्रचार गरी जानकारी गराउने निर्णय गरियो ।"

    किरात राई यायोक्खाले यलम्बर, सुम्निमा पारुहाङको मूर्ती र तस्वीर संसारभर एउटै चलाउने, स्थापित गर्ने निर्णय गरेर कार्वान्वयन गर्ने प्रयास गरिरहेको छ ।

    साल्पा सिलिचुङ समितिले भने यायोक्खासँग सरोकार नगरी सुम्निमा पारुहाङ्को स्केच जंगली युगको वनमान्छे जस्तो, अझ सुम्निमालाई त नाङ्गै निवस्त्र बनाएर भल्गर जस्तो बनाएर सारा किरातीको आस्था माथि खेल्वाड गरेको बुझाइ छ ।

    यायोक्खासँग समन्वय नगर्ने, सुझाव नलिने उल्टै यायोक्खाले सहयोग गरेन भन्ने भास्य निर्माण गरेर बत्खुवाई गर्न खोजिएको बुझाई छ यायोक्खाको ।

    आर्थिक ममलाम यो घटना अनिश खालिङ काण्ड दोहोरिन सक्ने भन्दै सस्कृति बचाउने सन्दर्भमा भद्दा मजाक नगर्न सचेत गराउदै यायोक्खाले खबरदारीको साथ यायोक्खा विरुद्द प्रचार नरोकिए कार्बाही प्रक्रियामा समेत जानुपर्ने आवस्था आउन सक्ने एक नेताले ब्ताए

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…