• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । 
    पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा आज औपचारिक कार्यक्रमको साथ ‘पथरीशनिश्चरे नगर खेलकुद महोत्सव सुरु भएको हो । 
    फुटबल उद्घाटन खेलमा पथरीशनिश्चरे नगरको नाजारिन फुटबल क्लवले न्यु स्टारलाई ट्राइबेकरमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । 
    खेल अबधिभर गोल रहित बराबरी भएपछि ट्राइवेकरमा ४—२ गोल अन्तरले नाजारिन विजयी भएको हो । आजको खेलको म्यान आफ द म्याच बिजेता नाजारिन टिमको गोल रक्षक बादल लिम्बू घोषित भए । लिम्बूलाई सुनाखरी मावि व्यवस्थापन समितिको अध्यक्ष प्रदिपकुमार राई, आयोजक नगर खेलकुद विकास मितिको अध्यक्ष दीपक राई, हरेन्द्र खत्री लगायतको हातबाट पुरस्कार वितरण गरिएको थियो । भोलि फुटबलमा विशाल वाई एफसी र सुनौलो कल्याण एफसीबीच हुनेछ । 

    नगर प्रमुखबाट उद्घाटन

    नगर प्रमु्ख मोहन तुम्बापोको हातबाट उद्घाटन भएको कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर), वर्तमान वडाध्यक्षहरु भीम राई, नैना राई, बिजय लिम्बु, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, नविन कार्की लगायतको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा शिक्षा विभाग प्रमुखसमेत रहेका नगर खेलकुद विकास समितिका सदस्य सचिव नविन खुलालले स्वागत गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्यहरु, राजनीतिक पार्टीका प्रतिनिधिहरु उपस्थित रहेका थिए । 

    नौ वटा इभेन्टमा खेलहुँदै
    फुटबल पुरुष र महिला,  म्याराथुन महिला, पुरुष, भारोतलान, दौड महिला, पुरुष, पौडि महिला, पुरुष, बुद्धिचाल (चेस), भलिबल, क्रिकेट,  कराँते गरी नौ वटा इभेन्टमा प्रतिष्पर्धा गराइने आयोजक नगर खेलकुद समितिका अध्यक्ष दीपक राईले बताए । महोत्सव बैशाख ३० गतेसम्म हुनेछ । 


     

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…