• काठमाडौं । कोशी नाम खारेजी र पहिचानको आधारमा नाम राख्न माग गर्दै आन्दोलनरत संगठनहरुले आन्दोलनसँगै राजनीतिक संवाद गर्दै अघि बढ्ने निर्णय गरेको छ । 
    प्रदेश नं. १ पुन नामङ्कन संयुक्त संघर्ष समितिको बैठक आइतबार (जेठ ४) राजधानीको ललितपुर स्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बस्यो । 
    संयुक्त संघर्ष समितिको संयोजक डकेन्द्रसिंह थेगिमको अध्यक्षतामा बसेको बैठकले कोशी नाममा भोट लगाउन त्रुटि भयो भन्दै आएका माओवादी केन्द्र, १४ जिल्ला सभापतिहरुले नाम सच्याउन पहल गर्न संयुक्त विज्ञप्ति निकाल्ने नेपाल कांग्रेस लगायतका पार्टीहरु, कोशीमा भोट नहाल्ने प्रदेश सभा सदस्यहरुसँग राजनीतिक संवाद गर्ने निर्णय गरेको छ । 
    बैठकले आन्दोलनको नयाँ कार्यक्रम बनाउन किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपाका शीर्षस्त नेताहरु बसेर १५ दिन भित्र पेश गर्ने निर्णय भएको किरात राई यायोक्खाका उपाध्यक्ष जनक राईले बताउनु भयो । 
    साझा नाम टुङ्याउन किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिबासी जनजाति महासंघ, शेर्पा संघ र पहिचानसहितको प्रदेश नं. १ पुन नामाङ्कन अभियान समितिलाई जिम्मा दिने निर्णय भएको छ । 
    प्रदेशमा रहेको कोशी उच्च बाँधले प्रदेशबासीलाई नकारात्मक असर पार्ने भएको हुँदा खारेजीको माग गर्ने, पहिचानको लागि युवा गठन, पुनर गठन गर्ने लगायतको निर्णय भएको संयोजक डकेन्द्रसिंह थेगिमले बताउनुभयो । 
    बैठकमा किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, उपाध्यक्ष जनक राई, युवराज राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, उपाध्यक्ष गोविन्द आङ्बुहाङ, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पा, नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, पहिचानसहितको प्रदेश नं. १ पुन नामाङ्कन अभियान समिति, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संयुक्त पहिचानवादी मोर्चाबाट डा. महेन्द्र लावती, राष्ट्रिय मुक्ति पार्टीका शन्तोष मेहेता, नागरिक उन्मुक्ति पार्टीका दिलकुमार लावती बैठकमा सहभागी हुनुहुन्थ्यो ।
    त्यसैगरी जनता समाजवादी पार्टी नेपालका संजय राई, जनता समाजवादी पार्टीका आङ्काजी शेर्पा, किरात जनसंघीय अभियानका संयोजक नगेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,  माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा लगायत संगठनहरुबाट बैठकमा सहभागी रहेका थिए ।  
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित युमा माङहिममा नेपालको राष्ट्रिय विभूति समाज सुधारक फाल्गुनन्द लिङ्देनक…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चाको सुनसरीको धरानमा भएको ५ औं राष्ट्रिय सम्मेलनबाट पूर्व मन्त्री रामकुमार…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…