• मोरङ । मोरङको पथरीशनिश्चरे नगरको पथरी साकेला थानमा शनिबार किरात राई समुदायको सांस्कृतिक चाड सोकेला सिली प्रतियोगितासहित भव्य रुपमा कार्यक्रम भएको छ । 
    पथरीको साकेला थानका विहान सामुहिक पूजा गर्नुको साथै दिउसो साकेला सिली प्रतियोगिता, शुभकामना आदानप्रदानको साथै विभिन्न व्यक्तिलाई सम्मान, कदर पत्र प्रदान गरिएको थियो । 
    साकेला सिली प्रतियोगितामा झापा, मोरङ र सुनसरीबाट पथरीशनिश्चरे बाहेकका १० वटा टोली सहभागी भएका थिए । सिली प्रतियोगितामा सुनरीको इटहरी हाँसपोसा प्रथम, मोरङको लेटाङको किर्तिमान दोस्रो र मोरङकै उर्लाबारी तेस्रो हुँदै पुरस्कृत भएका छन् । 
    प्रथमलाई ढोल बाजा सहभागी सबै टिमलाई प्रमाण पत्र प्रथम, दोस्रो र तेस्रोलाई क्रमस २०, १५ र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । 
    किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिका अध्यक्ष प्रेम वाम्बुले राईको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगरका उपप्रमुख देवीमाया काफ्ले, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, यायोक्खा जिल्ला अध्यक्ष केदार चाम्लिङ राई, नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समितिका अध्यक्ष देवेन्द्र वनेम लगायतले शुभकामना मन्तव्य दिएका थिए । आयोजक समितिको सचिव निर्माला राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष प्रेम चाम्लिङराईले गर्नुभएको थियो । 
    कार्यक्रममा संविधान सभा सदस्य चण्डीप्रसाद राई, पूर्ब प्रदेश सभा सदस्य कृष्णाकुमारी राई, पूर्व नगर प्रमुख दिलिपकुमार राई, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहाल, यायोक्खा मोरङ जिल्ला सचिव काशिहाङ राई, किरात याक्थुङ चुम्लुङका नगर अध्यक्ष गणेश थक्लुङ, गुरुङ छोज धिका राजेन्द्र गुरुङ, सुनाखरी माविका व्यवस्थापन समिति अध्यक्ष प्रदिपकुमार राई, नेपाल पत्रकार महासंघ पूर्व जिल्ला कार्यबाहक अध्यक्ष मोहन भङराई, नगर सूचना सम्पादक शन्तोष राई लगायतको उपस्थिति रहेको थियो । 
    साकेलासँगै कार्यक्रममा लिम्बू समुदायको हाक्पारे प्रस्तुत भएको थियो । कार्यक्रम उद्घाटसँगै पथरीशनिश्चरे नगरबाट प्राप्त ८ लाख रकमबाट निर्मित दुई कोठाको पक्कि भवन उद्घाटन गरिएको थियो । 


     

     

सम्वन्धित समाचार

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …