• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम बिहिबार समापन भएको छ । 
    सञ्चार क्षेत्रमा काम गर्दै आएको आदर्श सर्भिस सेन्टरको आयोजनामा जेठ १३ देखि १५ गतेसम्म तालिम भएको हो ।
    पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडा अध्यक्ष भीमकुमार राईले तालिम उपलब्धि मुलक भएको बताउनुभयो ।
    समापन कार्यक्रममा उद्घोषण तालिम सिकेका समीक्षा श्रेष्ठले  सञ्चालन गरेका थिए । तालिम लिएका लक्ष्मी राई, सुजन साँबा, बिकास शेर्पा, स्वस्तिका राई, भूमिका धिमाल, मञ्जु लिम्बूले तीन दिने उद्घोषण तथा भाषण कला कार्यक्रममा लिएका सिप बारे बोलेका थिए । 
    सिप सिकेका सहभागीहरुले तालिम छोटो भएपनि ज्ञान र अनुभव लिएर बोल्ने हिम्मत बढेको बताएका छन् । 
    सहभागीहरुको कुरा सुनेपछि प्रमुख अतिथि भिमकुमार राईले सहभागीहरु मध्ये धेरैले शिप कार्यान्वयन गर्नसक्ने देखिएको बताउनुभयो । 
    समापन कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ नगर समिति अध्यक्ष देवेन्द्र वनेम, तमु छोज धिका राजेन्द्र गुरुङ, सुनाखरी मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष प्रदिपकुमार राई, शिक्षक राजकुमार राई, कार्यक्रमका प्रमुख प्रशिक्षक लोकसागर साम्बा लगायतले कार्यक्रमबारे विचार राख्नु भएको थियो । 
    कार्यक्रममा नेवा दबुका नगर अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, भूजेल सेवा समाजका अध्यक्ष मिना भुजेल लगायतको उपस्थिति रहेको थियो । 

    जेठ १३ गते भएको तालिम उद्घाटन कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सचिव रोमान्सि धिमाल, नेपाल आदिबासी जनजाति महासंघ नगर समितिका पूर्ब अध्यक्ष चन्द्र तामाङ, किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष गणेश थक्लुङ, किरात राई यायोक्खा नगर अध्यक्ष प्रेमकुमार राई, शान्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुलमणी गुरुङ सहभागी रहनु भएको थियो । 
    पथरीशनिश्चरे १ नम्बर वडामा रहेका बिभिन्न संस्थाबाट ३० जना सहभागी रहेको तालिममा लोकसागर साम्बा, केशव निरौला र अर्जुन जम्नेलाी राईले सहजिकरण गर्नुभएको थियो । 
    कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयको सहकार्य रहेको आयोजक आदर्श सर्भिस सेन्टरका अध्यक्ष मौशम लिम्बूले बताउनुभयो ।
    उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगरका सूचना सम्पादक शन्तोष राई, फोनिज मोरङ जिल्ला उपाध्यक्ष बिजय खम्बू उपस्थिति रहेका थिए । समापनमा नेपाल पत्रकार महासंघ मोरङका पूर्ब कार्यवाहक अध्यक्ष मोहन भट्टराई, वतर्मान जिल्ला सदस्य ईश्वर दुलाल, पत्रकार फिपराज बेघा, भूमिप्रसाद पाठक, छबि ढकाल लगायत पत्रकारहरु उपस्थिति रहेका थिए । 

     


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…