• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा र कुक तालिम सुरु भएको छ । 
    पथरीशनिश्चरे नगरपालिकाको जनजाति लक्षित वर्गको लागि बिनियोजित बजेटबाट वारिष्टा र कुक तालिम सुरु भएको हो ।
    नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषदको आयोजना र जिल्ला उद्यमी समूह संघ मेचीनगर झापाको प्राविधिक सहयोगमा बिहिबार तालिम सुरु भएको हो । 
    आदिबासी जनजाति महासंघ समन्वय परिषद पथरीशनिश्चरेका अध्यक्ष देवेन्द्र वनेमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शशि राई, पथरीशनिश्चरे १ नं. वडा अध्यक्ष भीमकुमार राई, किरात राई यायोक्खा संघीय महासचिव अर्जुन जम्नेली राई, धिमाल जातीय विकास केन्द्रका सचिव रोमान्सि धिमाल, कार्यक्रम संयोजक दयालाल (डीएल) राजवंशी लगायतले शुभकामना दिएका थिए । 
    कुक र वारिष्टा दुवै तालिम एक महिनासम्महुने अध्यक्ष देवेन्द्र वनेमले जानकारी दिए । लक्षित वर्गकै कार्यक्रम अनुसार ड्राइभिङ तालिमसमेत भइरहेको महासंघका उपाध्यक्ष राजेन्द्र गुरुङले बताए । उद्घाटन कार्यक्रममा विभिन्न जातीय संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…