• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा र कुक तालिम सुरु भएको छ । 
    पथरीशनिश्चरे नगरपालिकाको जनजाति लक्षित वर्गको लागि बिनियोजित बजेटबाट वारिष्टा र कुक तालिम सुरु भएको हो ।
    नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषदको आयोजना र जिल्ला उद्यमी समूह संघ मेचीनगर झापाको प्राविधिक सहयोगमा बिहिबार तालिम सुरु भएको हो । 
    आदिबासी जनजाति महासंघ समन्वय परिषद पथरीशनिश्चरेका अध्यक्ष देवेन्द्र वनेमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शशि राई, पथरीशनिश्चरे १ नं. वडा अध्यक्ष भीमकुमार राई, किरात राई यायोक्खा संघीय महासचिव अर्जुन जम्नेली राई, धिमाल जातीय विकास केन्द्रका सचिव रोमान्सि धिमाल, कार्यक्रम संयोजक दयालाल (डीएल) राजवंशी लगायतले शुभकामना दिएका थिए । 
    कुक र वारिष्टा दुवै तालिम एक महिनासम्महुने अध्यक्ष देवेन्द्र वनेमले जानकारी दिए । लक्षित वर्गकै कार्यक्रम अनुसार ड्राइभिङ तालिमसमेत भइरहेको महासंघका उपाध्यक्ष राजेन्द्र गुरुङले बताए । उद्घाटन कार्यक्रममा विभिन्न जातीय संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…