• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीशनिश्चरे नगर आइडल जितेका छन् । 
    आइडल जितसँगै दुवै जनाले नगर ४० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । शनिबार हरियाली सामुदायिक वन समूहको सभा हलमा भएको ग्राण्ड फिनालेमा गायनतर्फ अभिशेक लिम्बू दोस्रो र तुलशा थापा तेस्रो भएका छन् । नृत्यतर्फ सुजता घिसिङ र नितेश राई क्रमस दोस्रो, तेस्रो भएका छन् । 
    गायन र नृत्य दुवैतर्फका दोस्रो र तेस्रोहुने कलाकारले क्रमस २० र १० हजार नगद, ट्रफि र प्रमणपत्र प्राप्त गरेका छन् । विजेता सम्पूर्ण कलाकारहरुलाई पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, कला साहित्य प्रबद्र्धन समितिका अध्यक्ष धनराज राई (अमिर) लगायतको हातबाट पुरस्कार प्रदान गरिएको थियो । 
    ’प्रतिभा पहिचान, पथरीशनिश्चरेको शान’ भन्ने मूल नाराको साथ भएको गायन र नृत्य प्रतियोगितामा करिव २ महिनादेखि गाउँगाउँमा गएर अडिसन, मेघा अडिशनहुँदै गायनतर्फ १० र नृत्यतर्फ १० जनालाई फाइनल राउण्डमा लगिएको कार्यक्रम संयोजक लक्ष्मीप्रसाद फुयलले बताए । 
    निर्णायकमा गायनतर्फ गौरव दर्पण, नन्दु गुरुङ र सृष्टि हिङमाङ रहेका थिए ।


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…