• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीशनिश्चरे नगर आइडल जितेका छन् । 
    आइडल जितसँगै दुवै जनाले नगर ४० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । शनिबार हरियाली सामुदायिक वन समूहको सभा हलमा भएको ग्राण्ड फिनालेमा गायनतर्फ अभिशेक लिम्बू दोस्रो र तुलशा थापा तेस्रो भएका छन् । नृत्यतर्फ सुजता घिसिङ र नितेश राई क्रमस दोस्रो, तेस्रो भएका छन् । 
    गायन र नृत्य दुवैतर्फका दोस्रो र तेस्रोहुने कलाकारले क्रमस २० र १० हजार नगद, ट्रफि र प्रमणपत्र प्राप्त गरेका छन् । विजेता सम्पूर्ण कलाकारहरुलाई पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, कला साहित्य प्रबद्र्धन समितिका अध्यक्ष धनराज राई (अमिर) लगायतको हातबाट पुरस्कार प्रदान गरिएको थियो । 
    ’प्रतिभा पहिचान, पथरीशनिश्चरेको शान’ भन्ने मूल नाराको साथ भएको गायन र नृत्य प्रतियोगितामा करिव २ महिनादेखि गाउँगाउँमा गएर अडिसन, मेघा अडिशनहुँदै गायनतर्फ १० र नृत्यतर्फ १० जनालाई फाइनल राउण्डमा लगिएको कार्यक्रम संयोजक लक्ष्मीप्रसाद फुयलले बताए । 
    निर्णायकमा गायनतर्फ गौरव दर्पण, नन्दु गुरुङ र सृष्टि हिङमाङ रहेका थिए ।


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…