• मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको सुरुवात गर्दै आधारभूत तह (कक्षा) ८ पास गरेका विद्यार्थीहरुलाई भव्य कार्यक्रमको आयोजना गरेर दीक्षित गरेको छ । 
    शनिबार सीन भिलेज पार्टी प्यालेसमा कक्षा ८ पास गरेका विद्यार्थीहरुका लागि दीक्षान्त समारोहको आयोजना गरेर दीक्षित गरेको हो । कक्षा ८ सम्म आधारभूत तह, ९ देखि १२ सम्म माध्यामिक र त्यसमाथि उच्च शिक्षाको रुपमा लिइन्छ । 
    एउटा तह पार गर्दा दीक्षित गर्न मिलेपनि नेपालमा स्नातकोत्तर तहको दीक्षान्त समारोहलाई अलि बढी महत्व दिने गरिएको छ । 
    वाल्मीकि बोर्डिङ स्कुलले भने कक्षा ८ (आधारभूत तह) पास गरेका विद्यार्थीहरुलाई महत्वको साथ दीक्षित गरेको हो । 
    विद्यालय सञ्चालक÷निर्देशक नोवलकिशोर खनालको अध्यक्षतामा भएको दीक्षान्त समारोह कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको थियो । 
    दीक्षान्त समारोहमा दीक्षितहुन आउने विद्यार्थीहरुका गाउनसहित कार्यक्रममा उपस्थिति भएका थिए । विद्यार्थीहरुलाई दीक्षित टोपी लगाइदिनुको साथै प्रमाणपत्र प्रदान गरिएको थियो । सर्वप्रथम विद्यालय सञ्चालक नोवलकिशोर खनाललाई कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहन तुम्बापोले दीक्षान्त टोपी लगाइदिएर कार्यक्रमको उद्घाटन गरिएको थियो । 
    यस बर्ष पथरीशनिश्चरे नगरमा कक्षा ८ को परीक्षा नगर स्तरीय गरिएको थियो । परीक्षामा वाल्मीकिका ३ जना विद्यार्थीले जीपीए फोर (जीपीए—४) ल्याएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद दुलालले आधारभूत तह पार गर्ने विद्यार्थीहरुलाई सँधै दीक्षित गर्दै लगिने बताए । 
    दीक्षान्त समारोहमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले तयार पारेको प्रहसनसहितको मार्मिक नृत्य र गीतहरु प्रस्तुत गरिएको थियो । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…