• काठमाडौ  । सोलुखुम्बुको सल्लेरीबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस  दुर्घटना भएको छ। बा. प्र. -०१-००६ ख ५५८२ नम्बरको श्री उग्रचण्डी यातायात समितिको बस शुक्रबार बिहान सोलु दुधकुण्ड नगरपालिका–७ माथिल्लो साल्मे स्थित सिद्धिचरण लोकमार्गमा सडकमा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको हो।

    दुर्घटनामा परी २ जना घाइते भएको छन् । घाइते हुनेमा सिन्धुली फिक्कल गाउँपालिका–२ निवासी करिब ३२ वर्षीय बस चालक होम बहादुर लुङ्गेली र रामेछाप लिखु  तामाकोसी गाउँपालिका–७ निवासी करिब ३१ वर्षीय सहचालक तारा बहादुर बुढाथोकीको रहेका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। 

    दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायव उपरीक्षक मनोजित कुँवरको कमाण्डमा टोली खटिएको थियो। बसमा चालक, सहचालक,सहित ७ जना सवार थिए। अन्य पाँच जना सकुशल रहेका छन्। बसको दाहिने भागमा क्षति पुगेको छ भने सडक अवरुद्ध भएको छ।

    बस हटाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सम्वन्धित समाचार

रामेछाप । हिमाल पावर हाइड्रोका गार्डको रामेछापको खिम्ती खोलामा पौडी खेल्न जादा डुबेर मृत्यु भएको छ । मृ…

रामेछाप । पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामेछाप नगरपा…

ओखलढुंगा । ओखलढुंगामा यात्रुबाहक बस दुर्घटना भएको छ। जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा बस दुर्घटना हुँदा …

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भए…