काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज (आइतबार) बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी बैठक बोलाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरू माथिको छलफल जारी रहने छ।
सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजन माथिको छलफल हुनेछ।
यस्तै, सांसदहरूले राखेका खर्च कटौतीका प्रस्तावसमेत बैठकमा पेस गर्ने कार्यसूची छ।यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गरेको जानकारी गराउने छन्।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।